ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याई


admin
मंसिर २, २०७५ आईतबार  ३ : २३ बजे

दाङ, २ मङ्सिर । पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ८७ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले गत असारसम्म ७० र साउनदेखि कात्तिक ३० गतेसम्म १७ गरी जम्मा ८७ उजुरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म ३२ वटा मुद्दा मिलापत्र भएका छन् ।

त्यसैगरी सात मुद्दामध्ये पाँच वटालाई न्याय निरुपण गर्न लागि जिल्ला अदालत दाङमा र एक–एक वटा मुद्दा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । यस आवमा परेका १७ र गत आवबाट जिम्मेवारी सरेर आएका ३१ मुद्दामध्ये आठ वटालाई मिलापत्र र एउटा मुद्दालाई जिल्ला प्रशासन कार्यालय दाङमा पठाइएको पनि उपाध्यक्ष विकले जानकारी दिनुभयो ।

हाल न्यायिक समितिमा ३९ थान मुद्दा रहेको र ती मुद्दा प्रक्रियामा रहेका छन् । सो गाउँपालिकाका न्यायिक समितिमा आउने धेरै मुद्दामा जग्गा विवाद, बाटोघाटो, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायत रहेका छन् । “सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याई हुने गरेको छ, मुद्दा मिलाउनै व्यस्त रहनुपर्छ,” उपाध्यक्ष विकले भन्नुभयो ।

गाउँपालिकाको आफ्नै भवन नभएकाले इजलासको छुट्टै कोठा नभएको र साँघुरो कोठामा बसेर काम गरिरहेको पनि उपाध्यक्ष विकले बताउनुभयो । उहाँले मुद्दा मिलान गर्दा आफूहरूले मेलमिलाप नीतिलाई प्राथमिकता दिएको पनि बताउनुभयो । यसपटक भवन निर्माणका लागि जग्गा प्राप्त भएको र अब केही दिनमा नै निर्माणको काम अगाडि बढाउने गरी काम भइरहेको छ । ‘आफ्नै भवन भए सेवा प्रवाहमा सहज हुनेछ’, उपाध्यक्ष विकले भन्नुभयो ।

त्यसैगरी उहाँले न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा काम गर्न असजिलो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदशील काम गर्नुपर्छ । गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ । विज्ञ कर्मचारी भएमा सजिलो हुने थियो ।”

‘मुलुकमा गत भदौदेखि नयाँ कानून आएको छ, कानूनका बारेमा केही तालीम, प्रशिक्षण भएकाले न्यायिक समितिमा बसेर काम गर्न सजिलो भएको हो । तर यो प्रर्याप्त छैन यसलाई अझै निरन्तरता दिएमा आफूहरुलाई न्यायिक सम्पादन गर्न सजिलो हुनेथियो’ उपाध्यक्ष विकले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com