
काठमाडौं,२ मंसिर । भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेको छ । शनिबार भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को. १ख ६००९ नम्बरको ट्यांकर चालकलाई प्रहरीले कुटपिट गरेको हो ।
जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेपछि भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन् । कुटेपछि ट्यांकर चालकले ढुवानी नगर्ने भन्दै धर्नामा बसेको बताइएको छ ।
दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने, यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने लगायत माग अघि सारेका छन् ।
यता, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै चालकलाई बाहिर निकाली दुव्र्यवहार गरिएको बताएका छन् ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिन भारतीय सुरक्षाकर्मी सहमत भए पनि दुर्व्यवहार र कुटपिट भएपछि ढुवानी ठप्प गर्नुपरेको उनीहरुको गुनासो छ ।



















प्रतिक्रिया दिनुहोस्