
सुनसरी, २ मंसिर । सुनसरीमा दुई थान पेस्तोलसहित तीन जनालाई छुट–छुटै ठाउबाट प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउसो सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ ।
यसैगरी सुनसरी कोशी गाँउपालिका–६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत–७ बस्ने १८ वर्षीय विवेक यादव र सितापुर ग्राम पञ्चायत–८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई पनि शनिबार नै प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्