काठमाडौं, १ मङसिर । अर्थमन्त्री डा.युवराज खतिवडाले रहरले कर तिर्ने वातावरण तयार पारिने बताउनुभएको छ । सातौं कर दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले आम्दानी अनुसारको कर तिर्न सबैसग आग्रह गनुभयो ।
समृद्ध मुलुक निर्माणको लागि कर आवश्यक रहेको भन्दै उहाले सरकारले जथाभावी कर नलगाएको प्रष्ट पार्नुभयो । उहाले आफूले तिर्ने कर आफ्नै सुविधाका लागि हो भन्ने कुरा नबिर्सन समेत आग्रह गर्नुभयो ।
समयमा कर नतिर्ने जो सुकैलाई सरकारले कानुनको दायरामा ल्याउने मन्त्री खतिवडाले बताउनुभयो । उहाले कर प्रणालीलाई प्रभावकारी, नीतिगत, व्यवहारिक र वैज्ञानिकीकरण गर्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले सरकार र नीजि क्षेत्रको हातेमालोबाट कर प्रणालीलाई व्यवस्थित गर्न सकिने भन्दै सहकार्यका लागि नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्