ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ मुलुकी ऐन बुझाउँदै न्यायाधीश


admin

मङ्गलबारे, १ मङ्सिर । नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो ।

संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीश जहिल्यै पनि स्वतन्त्र हुनुपर्ने र न्यायाधीशले व्यक्तिगत भेटघाटभन्दा पनि सामूहिक भेटघाट मात्र गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले अदालतले जहिल्यै पनि ठीक फैसला गरेको भन्ने हुँदैन कहिलेकाहीँ सेवाग्राहीले दुःख पनि पाइरहेका हुन्छन्, त्यस्तो दुःख नहोस् भनेर न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उच्च अदालत विराटनगर इलाम इजलास, जिल्ला अदालत इलाम र जिल्ला अदालत पाँचथरको संयुक्त आयोजनामा शुक्रबार भएको कार्यक्रममा पाँचथरको मिक्लाजुङ र इलामको फाकफोकथुम गाउँपालिकाका ७० जना जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

अदालतले गरीब तथा असहायका लागि वैतनिक वकिलको व्यवस्था गरेको बताउँदै इलाम इजलासका न्यायाधीश तेजनारायणसिंह राईले बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासकी न्यायाधीश यमुना भट्टराईले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा स्पष्ट पार्नुभयो । कुनै अपराधमा पहिले सर्वस्वसहित जन्मकैद हुन्थ्यो भने अहिले ऐन परिमार्जन भएर आजीवन काराबासको व्यवस्था रहेको छ ।

गाउँपालिका तथा नगरपालिकामा गठन भएका न्यायिक समितिमा चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत रहेको सो अवसरमा जानकारी गराइयो । अदालतका न्यायाधीश भेट्न हुँदैन भन्ने भ्रम चिर्नलाई गाउँगाउँमा न्यायाधीश कार्यक्रमलाई अझ व्यापक बनाउने उच्च अदालत विराटनगर इलाम इजलासले जनाएको छ ।

कार्यक्रममा जिल्ला अदालत इलामका न्यायाधीश इन्द्रकुमार चोङटेन्ली, पाँचथरका न्यायाधीश मनोज केसी, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बर्तमान ऐनका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com