ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध


admin

पोखरा, १ मङ्सिर । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका तर्पmबाट सामाजिक विकासमन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकङ्ग्रेस स्थायी कमिटीका उपाध्यक्ष सु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा हाइनान प्रान्तले गण्डकी प्रदेशमा प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने सहित सात बुँदे सहमति भएको उल्लेख छ ।

सो अनुसार यहाँ प्राविधिक विद्यालय स्थापना र नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । नेपाली, चिनियाँ र अङ्ग्रेजी तीन भाषामा समझदारीपत्र तयार पारिएको थियो ।

उहाँका अनुसार सम्झौतासँगै हाइनानले गण्डकी प्रदेशबाट वार्षिक चार जनाको दरले आगामी पाँच वर्षसम्म २० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्यापन गराउने भएको छ । सोही कार्यक्रममा प्रदेशसँगै पोखरा महानगरपालिका र हाइकाओ नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गरिएको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङलीले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निमन्त्रणामा सु जुनको नेतृत्वमा हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङली, सान्या नगरपालिकाका अध्यक्ष ह्वाङलगायत छ सदस्यीय सरकारी टोली र त्यहाँको प्राविधिक इन्ष्टिच्युटका प्रमुख तथा प्रतिनिधि र सौर्य ऊर्जासँग सम्बन्धित प्रतिनिधि गरी १५ जनाको चिनियाँ टोली पोखरा आएको हो ।सौर्य ऊर्जासँग सम्बन्धित उक्त प्रतिनिधिमण्डको एक टोली आज सम्भाव्यता अध्ययनका लागि मुस्ताङ जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ । अब चुनावको तयारी गर्नु

प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपाको विवाद केही दिनभित्रै निरुपण गर्छौँ : निर्वाचन आयोग

प्रधानमन्त्री ओली आज झापा जाँदै

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com