ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराज : पूर्व मेयरदेखि पूर्व सहायकमन्त्रीसम्म चुनावी मैदानमा


admin

सप्तरी, ३० भदौं । मधेसी दलको पकड क्षेत्र मानिने दुई नम्बर प्रदेशमा निर्वाचनको रौनक बढेको छ । सबै राजनीतिक दल भोट माग्न गाउँ–गाउँ छिरेका छन् । चुनावी अभियान नपुगेको कुनै घर छैन । राजनीतिक दलका उम्मेदवार आकर्षक चुनावी नारा सहित मतदातासम्म पुगिसेका छन् । मधेसी दलको पकड क्षेत्र मानिए पनि दुई नम्बर प्रदेशमा अन्य दल पनि कमजोर छैनन् ।
तीन ठूला दल सहित साना दलका उम्मेदवार पनि दुई नम्बर प्रदेशका बलिया प्रतिस्पर्धी हुन । त्यसैले दुई नम्बर प्रदेशमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । दुई नम्बर प्रदेश भित्र पनि सप्तरी मधेसी दलको सबैभन्दा पकड क्षेत्र हो । सबै दलले प्रतिष्ठानको विषय बनाएको सप्तरीमा पनि निक्कै रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

मधेस अन्दोलनको केन्द्र भएकाले दुई नम्बर प्रदेशको सप्तरी स्वभाविक मधेसी दलको प्रतिष्ठाको जिल्ला हुनसक्छ । मधेसी दलको पकड खोस्ने अन्य दलको तयारी सामान्य छैन । सबै दल निर्वाचन जित्न बेजोड लागिपरेका छन् । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका छन् । यी सबै स्थानीय तह सबै राजनीतिक दलका लागिका लागि महतवपूर्ण हुन । तर, राजनीतिक दलका लागि सप्तरीको राजविराज नगरपालिका प्रतिष्ठाको स्थानीय तह बन्न पुगेको छ । त्यसैले यो नगरपालिकाको नेतृत्व गर्न राम्रै राजनीतिक छवि बनाएका पनि चुनावी प्रतिस्पर्धामा छन् ।

यस्ता छन् राजविराजका मेयर उम्मेदवार :

नेपाली कांग्रेसले राजविराज नगरपालिकामा पुराना कांग्रेस कार्याकर्ता ध्रुब देवलाई मेयरको उम्मेदवार बनाएको छ । विद्यार्थी कालदेखी नै कांग्रेस राजनीतिमा सक्रिय देव पछिल्लो सयम एनजिओ संचालक हुन । तर, नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नका लागि देवलाई बलियो उम्मेदवारको रुपमा अघि सारेको हो । सामाजिक कार्यमा कृयाशील देव आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

नेकपा एमालेले राजविराज नगरपालिकामा मेयरको रुपमा पूर्व कर्मचारी सुखराम यादवलाई अघि सारेको छ । बैंकमा लामो समय जागिर खाएका सुखराम जिगिरे हुँदा पनि राजनीतिमा सक्रिय थिए । मधेस अन्दोलनबाट राजनीतिमा स्थापित सुखरामले मलेठ घटनापछि संघीय समाजवादी फोरम त्यागेर एमाले रोजेका हुन । मेयरका उम्मेदवार सुखराम यादव राजविराजका मतदाताले आफुलाई निर्वाचित गराउने दावी गर्छन् ।

 

 

राजविराजको नेतृत्व गर्न अघिसरेका मध्ये माओवादीका उम्मेदवार अनिस अंसारी राजनीतिमा राम्रै स्थान बनाएका व्यक्ति हुन । उनले प्रधानपञ्च हुँदै सहयक मन्त्रीको रुपमा समेत काम गरिसकेका छन् । यस पटकको निर्वाचनमा उनी राजविराजको नेतृत्व गर्न अघि सरेका छन् । विगतमा गरेको योगदानकै आधारमा यस पटक आफुले निर्वाचन जित्ने उनको दावी छ ।

 

राष्ट्रिय जनता पार्टीले आफ्नो पकड क्षेत्र सप्तरीको राजविराजमा शम्भु यादवलाई मेयरको उम्मेदवार बनाएको छ । लामो समयदेखी मधेस राजनीतिमा सक्रिय सम्भु यादवलाई राजपाले बलियो उम्मेदवारको रुपमा अघि सारेको हो । स्थानीय तहमा राम्रो पडक हुनुका साथै युवा वर्गमा सम्भु यादव लोकप्रिय छन् । सप्तरीमा मधेस आन्दोलनलाई नेतृत्व गरेका यादव आफ्नो आफु मधेसी नागरिकको प्रतिनिधि रहेकाले जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

मधेस आन्दोलनको लिगेसी बोकेको संघीय समाजवादी फोरम नेपालले भिमराज यादवलाई मेयरको उम्मेदवार बनाएको छ । भिमराज पहिला सद्भावना पार्टीका नेता थिए । तर, स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बानाउने भएपछि भिमराज संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका हुन । संघीय समाजवादीको समेत राम्रो क्षेत्रको रुपमा मनिएको राजविराजबाट मेयरका उम्मेदवार बनेक यादव आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

 

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले राजविराजमा पूर्व मेयर शैलेस चौधरीलाई चुनावी मैदानमा यतारेको छ । चौधरी, नेपालमा पहिलो पटक भएको नगरे निर्वाचनमा राजविराजमै मेयर निर्वाचित भएका थिए । मेयरको रुपमा पुरानो अनुभव भएक चौधरी आफ्नो उम्मेदवारीबारे यस्तो बताउँछन् ।

 

 

चुनावी मैदानमा रहका कुनै पनि उम्मेदवारले म पराजित हुन्छु भन्दैनन् । त्यसैले, सबै उम्मेदवारले जित्ने दावी गर्नु स्वभाविक हो । तर, हार र जित मतदातामा निर्भर रहने भएकाले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार नै निर्वाचित हुने निश्चित छ । राजविराज नगरलाई पाँच वर्ष नेतृत्व गर्ने अवसर कसले पाउने हो । त्यो भने असोज दुई पछि मात्र थाहा हुने छ ।
राजविराजलाई नेतृत्व गर्न चुनावी मैदानम रहेको सबै उम्मेदवारको चुनावी एजेण्डा राम्रो छ ।

सबै उम्मेदवारले समृद्ध स्थानीय तहको मुद्धा अघि सारेका छन् । तर, चुनावको बेला बनाएको आकर्षक घोषणापत्र या नाराकै भरणमा आम नागरिकले मतदान गर्छन् भनने के ग्यारेन्टी ? अथवा चुनावी नारकै भरमा आम नागरिकले मतदान गरेर कुनै एक उम्मेदवारलाई जनप्रतिनिधि बनाए पनि ति व्यक्तिले आफ्ना सबै चुनावी एजेण्डाहरुलाई कार्यान्वयन गर्छ भन्ने के विश्वास ? लामो समयदेखी आम नागरिक र राजनीतिक नेतृत्वबीच यस्तै अविश्वासको परिस्थिति बनेको छ । त्यसैले यस पटकको निर्वाचनमा आम नागरिकको च्वाइस फरक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com