ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजविराज : पूर्व मेयरदेखि पूर्व सहायकमन्त्रीसम्म चुनावी मैदानमा


admin
भाद्र ३०, २०७४ शुक्रबार   ११ : ५२   बजे

सप्तरी, ३० भदौं । मधेसी दलको पकड क्षेत्र मानिने दुई नम्बर प्रदेशमा निर्वाचनको रौनक बढेको छ । सबै राजनीतिक दल भोट माग्न गाउँ–गाउँ छिरेका छन् । चुनावी अभियान नपुगेको कुनै घर छैन । राजनीतिक दलका उम्मेदवार आकर्षक चुनावी नारा सहित मतदातासम्म पुगिसेका छन् । मधेसी दलको पकड क्षेत्र मानिए पनि दुई नम्बर प्रदेशमा अन्य दल पनि कमजोर छैनन् ।
तीन ठूला दल सहित साना दलका उम्मेदवार पनि दुई नम्बर प्रदेशका बलिया प्रतिस्पर्धी हुन । त्यसैले दुई नम्बर प्रदेशमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । दुई नम्बर प्रदेश भित्र पनि सप्तरी मधेसी दलको सबैभन्दा पकड क्षेत्र हो । सबै दलले प्रतिष्ठानको विषय बनाएको सप्तरीमा पनि निक्कै रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

मधेस अन्दोलनको केन्द्र भएकाले दुई नम्बर प्रदेशको सप्तरी स्वभाविक मधेसी दलको प्रतिष्ठाको जिल्ला हुनसक्छ । मधेसी दलको पकड खोस्ने अन्य दलको तयारी सामान्य छैन । सबै दल निर्वाचन जित्न बेजोड लागिपरेका छन् । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका छन् । यी सबै स्थानीय तह सबै राजनीतिक दलका लागिका लागि महतवपूर्ण हुन । तर, राजनीतिक दलका लागि सप्तरीको राजविराज नगरपालिका प्रतिष्ठाको स्थानीय तह बन्न पुगेको छ । त्यसैले यो नगरपालिकाको नेतृत्व गर्न राम्रै राजनीतिक छवि बनाएका पनि चुनावी प्रतिस्पर्धामा छन् ।

यस्ता छन् राजविराजका मेयर उम्मेदवार :

नेपाली कांग्रेसले राजविराज नगरपालिकामा पुराना कांग्रेस कार्याकर्ता ध्रुब देवलाई मेयरको उम्मेदवार बनाएको छ । विद्यार्थी कालदेखी नै कांग्रेस राजनीतिमा सक्रिय देव पछिल्लो सयम एनजिओ संचालक हुन । तर, नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नका लागि देवलाई बलियो उम्मेदवारको रुपमा अघि सारेको हो । सामाजिक कार्यमा कृयाशील देव आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

नेकपा एमालेले राजविराज नगरपालिकामा मेयरको रुपमा पूर्व कर्मचारी सुखराम यादवलाई अघि सारेको छ । बैंकमा लामो समय जागिर खाएका सुखराम जिगिरे हुँदा पनि राजनीतिमा सक्रिय थिए । मधेस अन्दोलनबाट राजनीतिमा स्थापित सुखरामले मलेठ घटनापछि संघीय समाजवादी फोरम त्यागेर एमाले रोजेका हुन । मेयरका उम्मेदवार सुखराम यादव राजविराजका मतदाताले आफुलाई निर्वाचित गराउने दावी गर्छन् ।

 

 

राजविराजको नेतृत्व गर्न अघिसरेका मध्ये माओवादीका उम्मेदवार अनिस अंसारी राजनीतिमा राम्रै स्थान बनाएका व्यक्ति हुन । उनले प्रधानपञ्च हुँदै सहयक मन्त्रीको रुपमा समेत काम गरिसकेका छन् । यस पटकको निर्वाचनमा उनी राजविराजको नेतृत्व गर्न अघि सरेका छन् । विगतमा गरेको योगदानकै आधारमा यस पटक आफुले निर्वाचन जित्ने उनको दावी छ ।

 

राष्ट्रिय जनता पार्टीले आफ्नो पकड क्षेत्र सप्तरीको राजविराजमा शम्भु यादवलाई मेयरको उम्मेदवार बनाएको छ । लामो समयदेखी मधेस राजनीतिमा सक्रिय सम्भु यादवलाई राजपाले बलियो उम्मेदवारको रुपमा अघि सारेको हो । स्थानीय तहमा राम्रो पडक हुनुका साथै युवा वर्गमा सम्भु यादव लोकप्रिय छन् । सप्तरीमा मधेस आन्दोलनलाई नेतृत्व गरेका यादव आफ्नो आफु मधेसी नागरिकको प्रतिनिधि रहेकाले जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

मधेस आन्दोलनको लिगेसी बोकेको संघीय समाजवादी फोरम नेपालले भिमराज यादवलाई मेयरको उम्मेदवार बनाएको छ । भिमराज पहिला सद्भावना पार्टीका नेता थिए । तर, स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बानाउने भएपछि भिमराज संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका हुन । संघीय समाजवादीको समेत राम्रो क्षेत्रको रुपमा मनिएको राजविराजबाट मेयरका उम्मेदवार बनेक यादव आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

 

 

 

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले राजविराजमा पूर्व मेयर शैलेस चौधरीलाई चुनावी मैदानमा यतारेको छ । चौधरी, नेपालमा पहिलो पटक भएको नगरे निर्वाचनमा राजविराजमै मेयर निर्वाचित भएका थिए । मेयरको रुपमा पुरानो अनुभव भएक चौधरी आफ्नो उम्मेदवारीबारे यस्तो बताउँछन् ।

 

 

चुनावी मैदानमा रहका कुनै पनि उम्मेदवारले म पराजित हुन्छु भन्दैनन् । त्यसैले, सबै उम्मेदवारले जित्ने दावी गर्नु स्वभाविक हो । तर, हार र जित मतदातामा निर्भर रहने भएकाले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार नै निर्वाचित हुने निश्चित छ । राजविराज नगरलाई पाँच वर्ष नेतृत्व गर्ने अवसर कसले पाउने हो । त्यो भने असोज दुई पछि मात्र थाहा हुने छ ।
राजविराजलाई नेतृत्व गर्न चुनावी मैदानम रहेको सबै उम्मेदवारको चुनावी एजेण्डा राम्रो छ ।

सबै उम्मेदवारले समृद्ध स्थानीय तहको मुद्धा अघि सारेका छन् । तर, चुनावको बेला बनाएको आकर्षक घोषणापत्र या नाराकै भरणमा आम नागरिकले मतदान गर्छन् भनने के ग्यारेन्टी ? अथवा चुनावी नारकै भरमा आम नागरिकले मतदान गरेर कुनै एक उम्मेदवारलाई जनप्रतिनिधि बनाए पनि ति व्यक्तिले आफ्ना सबै चुनावी एजेण्डाहरुलाई कार्यान्वयन गर्छ भन्ने के विश्वास ? लामो समयदेखी आम नागरिक र राजनीतिक नेतृत्वबीच यस्तै अविश्वासको परिस्थिति बनेको छ । त्यसैले यस पटकको निर्वाचनमा आम नागरिकको च्वाइस फरक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group