ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

दश वर्षमा १५ हजार मेघावाट विद्युत्त उत्पादन हुन्छ: ऊर्जामन्त्री पुन


admin

संखुवासभा, ३० कात्तिक । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले १० वर्षमा १५ हजार मेघावाट विद्युत्त उत्पादन हुने बताएका छन । शुक्रबार संखुवासभाको तुम्लिङ्गटारमा आयोजित सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री पुनले तीनवर्षमा तीन हजार मेघावाट, पाँच बर्षमा पाँच हजार मेघावाट र १० बर्षमा १५ हजार मेघावाट विद्युत्त नेपालकै खोलानालाबाट उत्पादन हुने दाबी गरेका हुन । उत्पादन भएको १५ हजार मेघावाट विद्युत्त मध्ये १० हजार मेघावाट विद्युत्त देश भित्रै खपत गर्ने वातावरण तयार गर्ने र त्यो भनेको दुई अंकको आर्थिक बृद्धि १० प्रतिशत हुने मन्त्री पुनको दाबी थियो ।

मन्त्री पुनले दृढताको साथ भने, अब मुलुक भित्रै ८ देखी १० हजार मेघावाट विद्युत्त खपत गर्ने वातावरण बनाउन लागी पर्ने र बाँकी रहेको ५ हजार मेघावाट विद्युत्त क्षेत्रीय बजार भारत तर्फ निर्यात गर्ने उनको भनाई छ ।

नेपालको बजार र कलकारखाना बढि भएको पाँच हजार विद्युत्त छिमेकी मुलुक भारत मात्रै नभएर उत्तरी छिमेकी राष्ट्र चीन र बंगलादेशमा समेत निर्यात गर्न सकिने मन्त्री पुनले बताए । नजिकका छिमेकी मुलुकहरु भारत, चीन र बंगलादेशसंग ऊर्जाको क्षेत्रमा सहकार्य गर्न सकिनेछ ।

यसरी विद्युत्तमा मुलुक आफै आत्मर्निभर भएपछि विद्युत्तको संञ्जाल अथवा नेपाललाई विद्युत्तको हब नै बनाउने सकिने समेत मन्त्री पुनको दाबी गरे ।
नेपाल सरकारले १९ वटा जलविद्युत्तहरुको प्रोजेक्ट अध्ययन गरिरहेको जानकारी दिदै नेपाल सरकार आफैले उत्पादन गर्ने योजना बनाएको समेत मन्त्री पुनले जानकारी दिए ।

त्यहि १९ वटा जलबिद्युत्त मध्येको संखुवासभाको अपर अरुण नेपाल सरकार आफैले बनाउने सरकारले निर्णय गरिसकेको र यसमा विश्व बैङ्कले लगानी गर्ने सहमती भएको समेत कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमीरेले आयोजना निर्माण गर्न लागी प्रक्रिया शुरु भईसकेको जानकारी गराए । स्थानीयलाई धेरै भन्दा धेरै शेयर दिने तयारीमा लागेको उनको भनाई थियो ।

जोगवनी-विराटनगर-किमाथाङका (कोशी राजमार्ग) सडक अन्तर्गत भोटखोला गाउपालिकाको गोला र वरुण बजार नजिकै आयोजनाको बाँधस्थल बस्नेछ । यो आयोजना अहिले सम्म विश्वमै सस्तो रुपमा बन्ने आयोजना भएको बताइएको छ ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थ मन्त्री डा. युवराज खतिवडा, विश्व बैकका उपाध्यक्ष हाटविग साफेर, ऊर्जा सचिव दिनेश घिमीरे, कुलमान घिसिङ लगायतको टोली आयोजनास्थलको स्थलगत अध्ययन र अनुगमन गरेको हो ।

अपर अरुणबाट ७ सय मेगावाट भन्दा बढि विद्युत्त उत्पादन हुनेछ भने आयोजनामा ९० करोड अमेरिकी डलरको हाराहारीमा खर्च हुने अनुमान अनुमान गरिएको छ । आयोजना निर्माण स्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेकोले ऊर्जा बढी प्राप्त हुने र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने समेत बताईएको छ ।

कार्यक्रममा अमेरिकाका लागी नेपालको राजदुत अर्जुन कार्की, प्रतिनिधी सभाका साँसद राजेन्द्र गौतम, राष्ट्रिय सभाका विधान ब्यबस्थापन समितिका सभापति पर्शुराममेघी गुरुङ, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, जिल्लाका राजनैतिक दलका प्रतिनिधी लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

काठमाडौं, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौं, १५  फागुन । विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

किटानी जाहेरी दिदा समेत प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानियबासी आक्रोशित

कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]om
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com