ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियार र संसदको अर्थ उपसमितिको प्रतिवेदन किन आएन ?


admin

काठमाडौं, २९ भदौं । नेपाल आयाल निगमले इन्धन भण्डारण केन्द्र स्थापनाका लागि जमिन खरिद गरेपछि बढि मुल्य तिरेको भन्दै चौतर्फ आलोचना भयो । जनस्तरबाटै कारवाहीको माग उठेपछि दुई संसदीय समिति, आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानमा जुटेका दुई निकाय संसदको आपूर्ति उपसमिति र आपूर्ति मन्त्रालयले प्रतिवेदन तयार परिसकेका छन् । र, दुबै समितिले जमिन खरिदमा करोडौं घोटाला भएको पुष्टि गरेका छन् ।

आपूर्ति मन्त्रालयले त घोटाला भएको पुष्टि गर्दै आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न मन्त्री परिषदमा सिफारीस गरिसकेको छ । तर, अर्थ समितिले बनाएको उपसमिति र अख्तियारले अझै पनि प्रतिवेदन तयार पारेका छैनन् । छानविनका लागि आवश्यक समय सकिदा पनि दुई निकायले प्रतिवेदन तयार नपार्दा अनेकौ आशंका उब्जन थालेको छ ।

अख्तियारको प्रतिवेदन किन आएन ?
इन्धन भण्डारण केन्द्र स्थापनाका लागि आयाल निगमले जमिन खरिद दर्ता करोडौ घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गर्‍यो । अख्तियारले अनुसन्धान सुरु गरेको एक महिना बितिसकेको छ । तर, अख्तियारले अझै पनि प्रतिवेदन तयार पार्न सकेको छैन । संगै अनुसन्धान सुरु गरेको संसदको आपूर्ति उपसमिति र आपूर्ति मन्त्रायलको टोलीले भने प्रतिवेदन तयार पारिसकेका छन् । तर, अख्तियार अझै पनि अनुसन्धानकै क्रमममा छ । इन्धन भण्डारणका लागि जमिन खरिद गर्दा घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियारले तीन जना अनुसन्धान अधिकृतलाई अनुसन्धानका लागि खटायो । अख्तियारका तीन सदस्यीय अनुसन्धान टोलीले अहिलेसम्म जमिन खरिद विक्रिको कागजात झिकाएर अनुसन्धान गरिरहेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

अख्तियारको तीन सदस्यीय टोलीले अहिलेसम्म कहाँ, कति, कहिले, कुन नियम, ऐन, कानुनअनुसार जमिन खरिद गरियो भन्ने विषयमा अध्ययन गरिरहेको छ । तर, अख्तियारले अझै पनि सबै कागजात फेला पार्न सकेको छैन । झापा, भैरहवा र चितवनमा भएको खरिद बिक्रिको कागजात फेला पारिसकेको अख्तियारले सर्लाहीको कागजात फेला पार्न नसकेको हो । प्रकृयागत रुपमा हेर्दा अख्तियारले मागेको कागजात कुनै पनि निकायले सहजै उपलब्ध गराउँछ । तर, अख्तियारले सर्लाहिमा भएको जमिन दरिद बिक्रिको जकागजात नै नभेट्नुको कारण खुल्न सकेको छैन । जग्गा खरिद प्रक्रिया ठूलो अध्ययनको बिषय रहेकाले तथ्य र प्रमाण जुटाउन खोज्दा ढिलो भएको अख्तियारका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजाल बताउँछन ।

अर्थ उपसमितिको अध्ययन अलपत्र
अध्यय नसुरु गरेर आवश्यक समय सकिदा पनि प्रतिवेदन तयार पार्न ढिलो गर्ने अख्तियार मात्र होइन । संसदको अर्थ समितिले बनाएको अध्ययन उपसमितिले समेत अझै प्रतिवेदन तयार पार्न सकेको छैन । एमाले सांसद प्रकाश ज्याला सभापति रहेको अर्थ समितिले सुरुका चरणमा घोटाला प्रकरणको अध्ययन आक्रामक रुपमा गरेको थियो । अर्थ समितिले सांसद अब्दुल्ल रज्जाक गद्दीको संयोजगत्वमा छाविन उपसमिति गठन गरेको थियो । तर, अब्दुल्ल रज्जाक गद्दी राज्यमन्त्री बनेपछि अर्थ समितिले घोटाला प्रकरणमा सुरु गरेको अध्ययन अलपत्र परेकोछ । अर्थ समितिका सभापति प्रकाश ज्याला लामो समयदेखी राजधानी बाहिर छन् भने उसपमितिका सदस्यहरु आ–आफ्नै धुनमा लागेका छन् । त्यसैले अर्थ समितिको छानविन नै अलपत्र परेको छ ।

अर्थ समितिले छानविका लागि बनाएको उपसमिति अहिले संयोजक विहिन छ । त्यसैले अर्थ उपसमितिले घोटाला प्रकरणको प्रतिवेदन कहिले तयार पार्छ भन्ने कसैलाई थाहा छैन । यसको मतलब, आयल निगमको जमिन खरिद गर्दा भएको घोटाला प्रकरण अर्थ समितिको प्रथामिकताबाट हटिसकेको छ । यसरी अनुसन्धानका लागि तम्सिएका निकायको प्राथामिकताबाट आयल निगमको घोटाला प्रकरण हट्नुने अनेक आशंका पैदा भएको छ । विगत स्मरण गर्दा यस्ता धेरै प्रकरण ढाकछोप गरिएका छन् । करोडौं रकम घोटाला गरेका सयौं व्यक्तिहरु राजनीतिक आडभरोसामै चोखिएका छन् । त्यसैले, आयल निगमको जमिन खरिद गर्दा करोडौं घोटाला गर्नेहरुलाई पनि चोखाउने काम सुरु भएको होकी भन्ने आशंका उब्जनु स्वभाविक हो । तर, अनुसन्धानमा जुटेका सबै निकायको प्रतिवेदत तत्काल सार्वजनिक गरिनुपर्छ । र, करोडौं राज्यकोष दोहन गरेकाहरु कानुनी कारवाहीको भागिदार बन्नु पर्छ ।

इन्धन भण्डारणका लागि अपनाइएको प्रकृया र तिरिएको मुल्य हेर्दा अब बसैले अनुसन्धान गरेर घोटाला भएको पुष्टी गरिरहनु पर्ने होइन । तर, हामी कानुनी राज्यका नागरिक हौ । त्यसैले, कुनै व्यक्तिलाई कारवाही गर्नका लागि कानुनी आधार चाहिन्छ । त्यही आधारका लागि मात्र भए पनि छानविन आश्वयक थियो । त्यसैल, संसदीय समिति र आपूर्ति मन्त्रालयले छानविन गरेर प्रतिवेदन तयार पारेका हुन ।

अर्थ उपसमिति र आपूर्ति मन्त्रालयको प्रतिवेदनले नै घोटाला भएको पुष्टी गर्छ । त्यसैले अब, जमिन खरिदमा करोडौंै घोटाला गरेका गोपालबहादुर खड्का लगायतलाई कुनै पनि वहानामा उन्मुक्ति दिइनु हुँदैन । तर, अनुसन्धानमा जुटेका कतिपय निकायको प्रतिवेदन सार्वजनिक नहुँदा कतै घोटालामा संलग्नलाई उन्मुक्ति दिने योजना त होइन भन्ने आशंका हुने गरेको ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com