ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियार र संसदको अर्थ उपसमितिको प्रतिवेदन किन आएन ?


admin
भाद्र २९, २०७४ बिहीबार   ५ : ५२   बजे

काठमाडौं, २९ भदौं । नेपाल आयाल निगमले इन्धन भण्डारण केन्द्र स्थापनाका लागि जमिन खरिद गरेपछि बढि मुल्य तिरेको भन्दै चौतर्फ आलोचना भयो । जनस्तरबाटै कारवाहीको माग उठेपछि दुई संसदीय समिति, आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गर्‍यो । अनुसन्धानमा जुटेका दुई निकाय संसदको आपूर्ति उपसमिति र आपूर्ति मन्त्रालयले प्रतिवेदन तयार परिसकेका छन् । र, दुबै समितिले जमिन खरिदमा करोडौं घोटाला भएको पुष्टि गरेका छन् ।

आपूर्ति मन्त्रालयले त घोटाला भएको पुष्टि गर्दै आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न मन्त्री परिषदमा सिफारीस गरिसकेको छ । तर, अर्थ समितिले बनाएको उपसमिति र अख्तियारले अझै पनि प्रतिवेदन तयार पारेका छैनन् । छानविनका लागि आवश्यक समय सकिदा पनि दुई निकायले प्रतिवेदन तयार नपार्दा अनेकौ आशंका उब्जन थालेको छ ।

अख्तियारको प्रतिवेदन किन आएन ?
इन्धन भण्डारण केन्द्र स्थापनाका लागि आयाल निगमले जमिन खरिद दर्ता करोडौ घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गर्‍यो । अख्तियारले अनुसन्धान सुरु गरेको एक महिना बितिसकेको छ । तर, अख्तियारले अझै पनि प्रतिवेदन तयार पार्न सकेको छैन । संगै अनुसन्धान सुरु गरेको संसदको आपूर्ति उपसमिति र आपूर्ति मन्त्रायलको टोलीले भने प्रतिवेदन तयार पारिसकेका छन् । तर, अख्तियार अझै पनि अनुसन्धानकै क्रमममा छ । इन्धन भण्डारणका लागि जमिन खरिद गर्दा घोटाला भएको तथ्य बाहिरिएपछि अख्तियारले तीन जना अनुसन्धान अधिकृतलाई अनुसन्धानका लागि खटायो । अख्तियारका तीन सदस्यीय अनुसन्धान टोलीले अहिलेसम्म जमिन खरिद विक्रिको कागजात झिकाएर अनुसन्धान गरिरहेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

अख्तियारको तीन सदस्यीय टोलीले अहिलेसम्म कहाँ, कति, कहिले, कुन नियम, ऐन, कानुनअनुसार जमिन खरिद गरियो भन्ने विषयमा अध्ययन गरिरहेको छ । तर, अख्तियारले अझै पनि सबै कागजात फेला पार्न सकेको छैन । झापा, भैरहवा र चितवनमा भएको खरिद बिक्रिको कागजात फेला पारिसकेको अख्तियारले सर्लाहीको कागजात फेला पार्न नसकेको हो । प्रकृयागत रुपमा हेर्दा अख्तियारले मागेको कागजात कुनै पनि निकायले सहजै उपलब्ध गराउँछ । तर, अख्तियारले सर्लाहिमा भएको जमिन दरिद बिक्रिको जकागजात नै नभेट्नुको कारण खुल्न सकेको छैन । जग्गा खरिद प्रक्रिया ठूलो अध्ययनको बिषय रहेकाले तथ्य र प्रमाण जुटाउन खोज्दा ढिलो भएको अख्तियारका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजाल बताउँछन ।

अर्थ उपसमितिको अध्ययन अलपत्र
अध्यय नसुरु गरेर आवश्यक समय सकिदा पनि प्रतिवेदन तयार पार्न ढिलो गर्ने अख्तियार मात्र होइन । संसदको अर्थ समितिले बनाएको अध्ययन उपसमितिले समेत अझै प्रतिवेदन तयार पार्न सकेको छैन । एमाले सांसद प्रकाश ज्याला सभापति रहेको अर्थ समितिले सुरुका चरणमा घोटाला प्रकरणको अध्ययन आक्रामक रुपमा गरेको थियो । अर्थ समितिले सांसद अब्दुल्ल रज्जाक गद्दीको संयोजगत्वमा छाविन उपसमिति गठन गरेको थियो । तर, अब्दुल्ल रज्जाक गद्दी राज्यमन्त्री बनेपछि अर्थ समितिले घोटाला प्रकरणमा सुरु गरेको अध्ययन अलपत्र परेकोछ । अर्थ समितिका सभापति प्रकाश ज्याला लामो समयदेखी राजधानी बाहिर छन् भने उसपमितिका सदस्यहरु आ–आफ्नै धुनमा लागेका छन् । त्यसैले अर्थ समितिको छानविन नै अलपत्र परेको छ ।

अर्थ समितिले छानविका लागि बनाएको उपसमिति अहिले संयोजक विहिन छ । त्यसैले अर्थ उपसमितिले घोटाला प्रकरणको प्रतिवेदन कहिले तयार पार्छ भन्ने कसैलाई थाहा छैन । यसको मतलब, आयल निगमको जमिन खरिद गर्दा भएको घोटाला प्रकरण अर्थ समितिको प्रथामिकताबाट हटिसकेको छ । यसरी अनुसन्धानका लागि तम्सिएका निकायको प्राथामिकताबाट आयल निगमको घोटाला प्रकरण हट्नुने अनेक आशंका पैदा भएको छ । विगत स्मरण गर्दा यस्ता धेरै प्रकरण ढाकछोप गरिएका छन् । करोडौं रकम घोटाला गरेका सयौं व्यक्तिहरु राजनीतिक आडभरोसामै चोखिएका छन् । त्यसैले, आयल निगमको जमिन खरिद गर्दा करोडौं घोटाला गर्नेहरुलाई पनि चोखाउने काम सुरु भएको होकी भन्ने आशंका उब्जनु स्वभाविक हो । तर, अनुसन्धानमा जुटेका सबै निकायको प्रतिवेदत तत्काल सार्वजनिक गरिनुपर्छ । र, करोडौं राज्यकोष दोहन गरेकाहरु कानुनी कारवाहीको भागिदार बन्नु पर्छ ।

इन्धन भण्डारणका लागि अपनाइएको प्रकृया र तिरिएको मुल्य हेर्दा अब बसैले अनुसन्धान गरेर घोटाला भएको पुष्टी गरिरहनु पर्ने होइन । तर, हामी कानुनी राज्यका नागरिक हौ । त्यसैले, कुनै व्यक्तिलाई कारवाही गर्नका लागि कानुनी आधार चाहिन्छ । त्यही आधारका लागि मात्र भए पनि छानविन आश्वयक थियो । त्यसैल, संसदीय समिति र आपूर्ति मन्त्रालयले छानविन गरेर प्रतिवेदन तयार पारेका हुन ।

अर्थ उपसमिति र आपूर्ति मन्त्रालयको प्रतिवेदनले नै घोटाला भएको पुष्टी गर्छ । त्यसैले अब, जमिन खरिदमा करोडौंै घोटाला गरेका गोपालबहादुर खड्का लगायतलाई कुनै पनि वहानामा उन्मुक्ति दिइनु हुँदैन । तर, अनुसन्धानमा जुटेका कतिपय निकायको प्रतिवेदन सार्वजनिक नहुँदा कतै घोटालामा संलग्नलाई उन्मुक्ति दिने योजना त होइन भन्ने आशंका हुने गरेको ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group