ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

गड्यौली टारमा दुई वर्षभित्र विद्युतीकरण गरिने : मन्त्री गुरुङ


admin

पोखरा, २८ कात्तिक । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उहाँले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताउनुभयो ।

सो क्षेत्रको विद्युतीकरणको लागि सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतबाट दुई वटा सवस्टेशन निर्माण भइरहेको, गाउँपालिकाले रु ५० लाखमा नौ वटा ट्रान्फर्मर खरीद प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्री गुरुङले भन्नुभयो, “लाइन विस्तारमा प्रदेश सरकारको सहयोग रहनेछ, दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पु¥याउने प्रदेश सरकारको लक्ष्य छ ।’’ उहाँले भन्नुभयो, ‘‘उच्च जोखिममा रहेका काठेपोल विस्थापित गरी फलामे पोल विस्तार गरिनेछ ।”

नेकपा जिल्ला संयन्त्र सदस्य बिष्णुभक्त सिग्देलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो ।

घिसिङ गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले जनताका अपेक्षालाई एकै पटक सम्बोधन गर्न नकिएपनि आवश्यकताअनुसार विकास निर्माणका काम अगाडि बढाएको बताउनुभयो । तनहुँको भीमाददेखि ३१ किलोमिटरको दूरीमा कालीगण्डकी नदीको किनारामा अवस्थित कुमाल समुदायको बाहुल्यता रहेको उर्बर भूमि गड्यौलीटारमा सिँचाइको सुविधा पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

काठमाडौं, १३ फागुन । सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने समय आइनसकेको निस्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपा आधिकारिताको फैसला फागुन २० मा

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

शब व्यबस्थापन आधारमा कोरोनाका ६१८ मृतक थपिए, कुल दुई हजार ६८४

विवाहपछिको जीवन : “मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com