काठमाडौ। १६ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विपिन विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् ।
निर्वाचन कार्यालयले अन्तिम मत परिणाम औपचारिक घोषणा गरिसकेको छैन ।
दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये एमालेले अमरगढी जितेर नगरपालिकातर्फ विजयी शुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस्