ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी पत्रकार खसोग्गीको छोरा अमेरिकामा


abc

वासिङ्टन, १०  कात्तिक ।  टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीका जेठा छोरा सलाह विन जमल खशोग्गीमाथिको विदेश भ्रमण प्रतिवन्ध हटाएपछि उहाँ बिहीबार अमेरिका पुग्नुभएको छ ।
अमेरिकी सञ्चारमाध्यमले कुनै स्रोत नखुलाईकन दिएको समाचारमा सलाह विनले साउदी अरब छोडी अमेरिका आइपुगेको जनाएका हुन् ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनले शुक्रबार प्रशारण गरेको समाचारमा भनेको छ, अमेरिकी अनुरोधमा साउदी अरब सरकारले खशोग्गीका जेठा छोरा सलाह विनमाथिको प्रतिबन्ध हटाइएको थियो । लगत्तै उहाँ सिधा उडानमार्फत अमेरिकाका लागि छुट्नु भएको थियो । उहाँ अहिले अमेरिका पुगिसक्नुभएको छ ।

वासिङ्टन पोष्टका लागि काम गर्दै आएका जमाल खशोग्गीलाई इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासभित्रै गत अक्टोबर २ मा हत्या गरिएको थियो ।

घटनापछि खशोग्गी परिवारका केही सदस्यलाई विदेश भ्रमणमा साउदी अरबले प्रतिबन्ध लगाएको थियो । वासिङ्टन पोष्ट पत्रिकाका लागि काम गर्दै आएका मृतक खशोग्गीका जेठा छोरा सलाहलाई विदेश भ्रमणमाथि लगाइएको प्रतिबन्धलाई फुकुवा गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक हप्ता पहिले रियाद भ्रमणमा रहेका समय साउदी अरब सरकारसँग आग्रह गर्नुभएको जानकारी बिहीबार मात्रै सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता सारा सान्डर्सले भन्नुभयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआइएका निर्देशक गिना हास्पेल अनुसन्धानका लागि टर्की भ्रमणबाट फर्केपछि घटना सम्बन्धमा औपचारिक जानकारी लिनुभएको जनाइएको छ ।
सान्डर्सले राष्ट्रपति ट्रम्पलाई खशोग्गीबारे आफुले पाएको जानकारी र अनुसन्धान प्रक्रियाबारेमा भएका छलफलहरूलाई जानकारी गराउनुभएको बताउनुभयो । यद्यपि छलफलबारे बिस्तृत विवरण भने दिइएको छैन ।

दुई हप्तासम्म रियादले खशोग्गीको हत्यालाई अस्वीकार गर्दै आएपनि गत शनिबार मात्र वासिङ्टन पोष्टका पत्रकार खशोग्गीको इस्तानबुलमा रहेको साउदी अरबको महाबाणिज्य दूतावासमा केही व्यक्तिसँगको झडपमा मृत्यु भएको स्वीकार गरेको थियो ।

तर विवाद किन भएको भन्नेबारे केही खुलाइएको छैन । साउदीका युवराजले बुधबार मात्रै खशोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । अहिलेसम्म उक्त घटनामा सम्लग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

टिकटकका सिइओको स्वीकारोक्ति : प्रयोगकर्ताको डाटामा चिनियाँ प्राविधिकको पहुँच छ

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

राहुल गान्धीको सांसद पद खारेज

चीनबारे के सोच्छ अमेरिकी जासुसी संयन्त्र ? चीनका सात गतिविधिले अमेरिकालाई खतरा

राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...