ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो रणनीति पुरा गर्न पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा


abc


इस्तानबुल, ९  कात्तिक। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

खान प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो चीन भ्रमण हुने भएको छ । उहाँको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उहाँको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनु हुने कार्यतालिका रहेको छ ।

पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा उहाँले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

टिकटकका सिइओको स्वीकारोक्ति : प्रयोगकर्ताको डाटामा चिनियाँ प्राविधिकको पहुँच छ

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

राहुल गान्धीको सांसद पद खारेज

चीनबारे के सोच्छ अमेरिकी जासुसी संयन्त्र ? चीनका सात गतिविधिले अमेरिकालाई खतरा

राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...