ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास, किन निशानामा परे बाराक ओबामा र हिलारी क्लिन्टन ?


एबीसी न्यूज
कार्तिक ८, २०७५ बिहीबार   १० : ०४   बजे

वाशिङटन, ८ कात्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकबाट शंकास्पद विस्फोटक पदार्थ पठाइएको खबरले अहिले त्यहाँ सनसनी मच्चिएको छ । सो घटना बारेमा अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले छानबिन गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया नजनाएको बीबीसीको विवरणहरुमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विस्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् ।

अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो ।

यस्ता विस्फोटक पदार्थ पूर्वअमेरिकी वरिष्ठ अधिकारीलाई लक्षित गर्दै पठाउन लागिएको दाबी चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकहरुले गरेका छन् । तर यो काममा कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

पठाइएका पत्र तथा पार्सलहरुको जाँच गर्ने क्रममा सुरक्षा सम्बन्धी प्राविधिकहरुले त्यस्तो पदार्थ रहेको पत्ता लगाएका हुन् । कहाँबाट ती सामग्री पठाइएका हुन् र कुन उद्देश्यले पठाइएका हुन् भन्ने बारेमा अझै नखुलेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसले एक वक्तव्य प्रकाशित गरी जनाएअनुसार पूर्वविदेशमन्त्री क्लिन्टनलाई पठाइएको त्यस्तो वस्तु अक्टोबर २३ का दिन फेला परेको थियो । वक्तव्यमा जनाइएअनुसार त्यस्तै वस्तु अक्टोबर २४ को दिन बिहान (बुधबार) पूर्व राष्ट्रपति ओबामाको निवासको ठेगानामा समेत पठाएको पाइएको थियो । ओबामालाई पठाइएको सामग्री राजधानी वाशिङटनमा बरामद गरिएको हो । पार्सलको रुपमा आएका सामग्रीलाई सुरक्षा निकायले पहिला नै नियन्त्रणमा लिएको थियो ।

एफबीआईले आफूलाई त्यसबारे पहिले नै थाहा भइसकेको र त्यसमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । ओबामाका प्रवक्ताले चाहिं यसबारेमा प्रतिक्रिया जनाउन नमानेको बताइएको छ । त्यस्तै पार्सल यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियरका नाममा समेत यो वर्षको शुरूमा आएको बताइएको छ । अर्बपति जर्ज सुरोस भने उनले व्यक्त गरेका उदारवादी धारणाका कारण दक्षिणपन्थी समूहको निशानामा पर्दै आएका थिए ।

तर, अहिले पूर्वराष्ट्रपति र पूर्वविदेशमन्त्रीलाई किन लक्षित गरियो भन्ने कुरा अझै रहस्यमा नै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै अमेरिकामा कुनै पनि खालको राजनीतिक हिंसालाई स्थान नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

सम्बन्धित

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा तेस्रो तेल ट्याङ्कर निष्क्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group