काठमाडौं,४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तेस्रो पटक पनि स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ।
११ बजेसम्ममा सबै सचिवालय सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि बैठक २ बजेका लागि सारिएको सूचना केन्द्रीय कार्यालय, धुम्बाराहीमा टाँसिएको छ।
आज बस्ने बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीको एकीककरण प्रक्रियाबारे कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ ।
गत असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठक आइतबार बिहान बस्ने सचिवालयले जानकारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्