काठमाडौं,३ कात्तिक । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा व्यावसायिक उडान सुरु गर्ने भएको छ ।
चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ ।
चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो । चीन लक्षित बजारमध्ये एक भएकाले त्यहा“ उडानको अनुमति पाउँदा हर्षित भएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।
एयरलाइन्सले बेइजिङ, हाएकाउ, नान्चाङमा पनि उडान विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्