काठमाडौं ,३१ असोज । दशैको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ । प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो।
प्रहरीका बस राजधानीका महत्वपूर्ण तीन वटा रुटमा सेवा दिन सुरु गरेको छ ।प्रहरीले यात्रुलाई सहज गर्न भन्दै बस सेवा सुरु गरेको हो ।
प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।
प्रहरीले बस संचालनका लागि काठमाडौँ उपत्यकाभित्रका ३ वटा रुट तोकेको छ ।
पहिलो रुट :नागरिक सहजताका लागि प्रहरीले सार्वजनिक गरेको निःशुल्क बस सेवा रुट नक्सालबाट सुरु हुन्छ । नक्साल, पुतलीसडक, माइतिघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्ग पुगेर चल्छ।
दोस्रो रुट :नक्सालबाट छुटेको बस मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटार फर्किन्छ।
तेस्रो रुट:नक्सालबाट छुटेर रातोपुलसम्म पुग्छ। नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुल पुग्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्