ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सय वर्षभन्दा लामो इतिहासको साक्षी कालिका मन्दिर


admin

पोखरा, ३१ असोज । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराको सय वर्षभन्दा अघिदेखिको इतिहासको साक्षी हो, यहाँको कालिका मन्दिर ।

पछिल्लो समय बजारीकरणको विकास र विस्तार भए पनि यहाँ बस्ती बस्नुअघिदेखि नै अस्तित्वमा रहेको यो मन्दिर स्थापनाको वास्तविक तिथि मिति भने अझै अनुसन्धानको पर्खाइमा छ ।

पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको यो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँका उत्पादित कृषिजन्य दूध, तरकारीआदि पोखरा बजारमा निकै माग हुन्छ । व्यावसायिक कृषिको विकाससँगै यो क्षेत्र दूधको शहरका रुपमा परिचित बनेको छ ।

बजारीकरणको विकास विस्तार भए पनि कालिकास्थान र यहाँ वरपरको सय वर्षभन्दा पुरानो इतिहासको ज्वलन्त उदाहरण कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बाघमारामा बस्ती बस्नुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको मन्दिर यहाँको महत्वपूर्ण सम्पदा रहेको स्थानीयवासी एवम् कालिका मन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताउनुभयो ।

“कालिका मन्दिरको इतिहास खोतल्दा यो सय वर्षभन्दा पनि पुरानो भएको धेरै प्रमाण छन्,” उहाँले भन्नुभयो, “स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आइएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित दुईवटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।”

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् ।

अर्का स्थानीयवासी एवम् सरस्वती टीका माध्यमिक विद्यालयका शिक्षक सूर्यमोहन आचार्य प्राचीन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउनुहुन्छ । उहाँका अनुसार कालिका देवीको मन्दिरकै कारण यस स्थानको नाम कालिकास्थान रहन गएको हो ।

समुदायको उन्नति र प्रगतिको कामना गर्दै यहाँका भक्तजनले पाँच पाँच वर्षमा पञ्चबलि दिने गरेका छन् । हरेक चैते दशैँको पाँच वर्ष पुगेपछि पञ्चबलि दिने गरिन्छ भने प्रत्येक चैते दशैँमा पाठाको बलि दिने प्रचलन छ । आश्विन शुक्ल पक्षका अवसरमा नवदुर्गामा नियमित दुर्गा पाठ गर्ने गरिएको आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालको मन्दिरको पाटी सरस्वती भुषालले, मूर्ति मणिराज आचार्य (ठूलो)ले बाघको मूर्ति पदमराज पौडेलले र विभिन्न शङ्ख घण्टा भक्तजनबाट प्राप्त भएका छन् । मन्दिर नजीकै रहेको सरस्वती टीका मावि र सरस्वती टीका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ ।

गुणस्तरीय शिक्षाका लागि क्रियाशील बन्दै गएका यी शैक्षिक संस्थाले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।

समुदायको रक्षा र सुख–शान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र गति लिएको पाइन्छ । शुरु शुरुमा औलोंको प्रकोप हुने लगायतका कारणबाट मानिस पाखामा बस्ने गरेकामा यसको नियन्त्रणमा सरकारी प्रयास शुरु भए पनि बेशीँतिर झर्ने प्रचलन बढेको हो ।

प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने पोखरा–३३ भरतपोखरी वर माझथरका गुरुप्रसाद पौडेलले बताउनुभयो । प्रत्येक शक्तिपीठमा भक्तिको मात्राअनुसार नै शक्तिको वृद्धि हुने बताउँदै उहाँले इतिहासको जगेर्ना गर्दै युवा पुस्तामा भक्तिभाव एवम् श्रद्धाभाव बढाउनु अपरिहार्य भएकोमा जोड दिनुभयो ।

बाघमाराको विकाससँगै यसको इतिहासको साक्षी कालिका मन्दिरको गरिमा र महत्वलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...