ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयुर्वेद औषधालयको स्तरोन्नतिका लागि स्वीकृति प्रदान


admin

इलाम, ३० असोज ।  मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ ।

बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।

मन्त्रालयले सो औषधालयका लागि आवश्यक पर्ने दरबन्दी पनि थप गरिएको छ । यसका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटसमेत विनियोजन गरिएको मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो ।

स्तरोन्नतिपश्चात् बिरामीले ओपिडी सेवासँगै फिजियोथेरापी, सत्वाङ स्वेत, पायल्स, फिस्टुला र फिसरको उपचार, प्रयोगशालाको सुविधा, छारसुत्र प्रविधिबाट उपचार सेवा प्राप्त गर्ने छन् ।

इलाम सूर्योदय नगरपालिका–११ आइतबारेस्थित नौ रोपनी क्षेत्रफलमा फैलिए उक्त औषधालयमा थप सेवा प्रदान गर्न आवश्यक पर्ने नयाँ भवन निर्माणका लागि प्रस्ताव गरिएको प्रमुख पौडेलले बताउनुभयो । चालू आवमा प्रशासनिक कामका लागि भवन भाडामा लिने र अहिलेको कार्यालय रहेको भवनलाई बिरामीको उपचारका लागि प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

स्तरोन्नतिसँगै औषधालयले कार्यालय परिसरको नौ रोपनी जग्गामा जडीबुटी उद्यान स्थापना गरी आफैँ औषधि बनाउने योजना लिएको जनाएको छ । यसका साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र गाउँघर क्लिनिक विस्तार गर्ने तथा विद्यालयका विद्यार्थीलाई आयुर्वेद तथा योग स्वास्थ्यका बारेमा जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गर्ने औषधालयले जनाएको छ ।

पछिल्लो समय मानिसमा आयुर्वेद चिकित्साप्रति आर्कषण बढ्दै गएकाले प्रदेश सरकारले चालू आवमा प्रदेश नम्बर १ मा रहेका दुई वटा अञ्चल आयुर्वेद औषधालयलाई स्तरोन्नति गर्ने योजना स्वीकृत गरेको हो ।

मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगको उपचार गर्दै आएको छ । ज्येष्ठ नागरिक, सुत्केरी महिला र नशासम्बन्धी रोगको उपचार पञ्चकर्मको माध्यमबाट गर्दै आएको छ ।

आव ०७३÷७४ मा जिल्लाका चार हजार ५७२ जनाले आयुर्वेद उपचार सेवा लिएकोमा गत आवमा त्यसमा वृद्धि भई पाँच हजार २२७ पुगेको प्रमुख पौडेलले बताउनुभयो । मेची अञ्चल आयुर्वेद औषधालयका अतिरिक्त जिल्लामा अन्य चार स्थानबाट आयुर्वेदिक सेवा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com