इनरुवा, ३० असोज । चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो ।
सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उहाँको भनाइ थियो ।
बैकिङ कसुरमा पक्राउ
यसैबीच प्रहरीले बैकिङ कसुरमा सुनसरी देवानगञ्ज गाउँपालिका–७ घर भई हाल काठमाडौँ नगार्जुन नगरपालिका–४ बस्ने मिथिलेशकुमार बर्मालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलका अनुसार बर्माले विराटनगर उपमहानगरपालिका–४ का नरेशकुमार साहलाई सनराइज बैंकको रु १३ लाख ८५ हजारको चेक दिएको र सो चेक बाउन्स रहेको कसुरमा नगार्जुन–४ बाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्