ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्यो यान्त्रिक पुल


admin

कुश्मा, २९ असोज । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ ।

नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् ।

व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ ।

व्यापारी–व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य सङ्घको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ ।

यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ विसं २०६९ मा निर्माण गरिएको हो । छ वर्ष अघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ ।

सदरमुकाम कुश्माको वडा नं ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थप अब्बल सावित हुँदै गएको छ ।

कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवद्र्धन गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो ।  उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ ।

करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । “बलेवा क्षेत्रमा ठूलो जनसङ्ख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं,” कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो – “बलेवा विमानस्थल, कालीगण्डकी कोरिडोर, प्रसिद्ध भैरवस्थान मन्दिर र बलेवा क्षेत्रको घना वस्तीलाई ध्यानमा राखेर सेवामुखी सोचका साथ यो परियोजना ल्याएका हौं ।”

उहाँले थप्नुभयो – “हामीले मुनाफा मात्र हेरेका छैनौं, समाज विकासका लागि समेत हाम्रो लगानी अर्थपूर्ण होस् भन्ने अपेक्षा हो ।”

अहिले बागलुङ, म्याग्दी र मुस्ताङका लागि पैदल मार्ग भएर आउने पर्यटकहरु समेत एकपटक यान्त्रिक पुलमा चढेर जाने वातावरण बनेको छ । प्रसिद्ध भैरवथान मन्दिरमा दर्शन गर्न जाने–आउने तीर्थालुहरुको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

पुल निर्माणपछि बिरामीहरुलाई तुरुन्त कुश्मासम्म ल्याउन र अत्यावश्यक वस्तुहरु तुरुन्तातुरुन्तै ओसारपसार गर्न समेत पुल सहयोगी बनेको छ ।

द्रुत गतिमा स्तरोन्नति हुँदै गइरहेको कालीगण्डकी कोरिडोर बाह्रैमास सञ्चालनमा आउन थालेपछि यान्त्रिक पुलमा आवतजावत गर्नेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

सम्भवतः मुलुकमै सबैभन्दा धेरै ४६३ जना शेयर सदस्य भएको र मोफसलमा ठूलो लगानी भएको यो पुलको कुल लम्बाइ ५५० मिटर रहेको छ भने क्यारिज क्षमता ८ जना (६०० केजी) रहेको छ ।

महिनामा करीव ५०० को हाराहारीमा त पर्यटकहरु मात्र यो पुल चढ्ने गर्दछन् । यान्त्रिक पुलका कार्यालय प्रमुख चिरन्जीवी रेग्मी भन्नुहुन्छ – “दैनिक ४०० जना भन्दा बढीले यान्त्रिक पुलबाट सेवा लिइरहेका छन् ।” उहाँका अनुसार प्रत्यक्ष रुपमा १३ जना स्थानीयवासीले रोजगारी पाएका छन् ।

कालीवारि र पारिको दूरीलाई छोट्याउने मात्र नभई कुश्मा आउजाउ गर्न पुल निर्माणपछि निकै सहज बनेको स्थानीयवासीको धारणा छ । बलेवा नेपानेका यामबहादुर केसी भन्नुहुन्छ – “पुल निर्माण भएपछि बलेवामा आवातजावत गर्ने र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।” पुलबाट यात्रा गरिसकेपछि बलेवा क्षेत्रमा पुग्ने पर्यटकहरुले सुविधासम्पन्न होटल, पार्क लगायत केही समय भुल्ने ठाउँको अभाव भएको तथ्यलाई औँल्याउँछन् । कालीगण्डकी नदीमाथि बञ्जी, स्काई साइक्लिङ र स्वीङको निर्माण समेत अन्तिम चरणमा पुगेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

मकवानपुर, १० चैत । मिटरब्याजी शोषणविरुद्ध महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको ‘मार्च’ मा निस्केका पीडितलाई मकवानपुरबाटै फर्काउने सरकारी प्रयास असफल भएको छ । भीमफेदी बजार आइपुगेका उनीहरूले

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

लिचेस्टाइनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोले बनाए अर्को कीर्तिमान

अमेरिकी डलरको भाउ घट्दा युरो बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...