काठमाडौं,२९ असोज । पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको समवेदना सन्देशमा यस दुःखद् घडीमा मञ्च उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको छ । अध्यक्ष श्रेष्ठले शोक सन्तप्त परिवारजन, इष्टमित्र, बन्धुवान्धव तथा उहाँका सहकर्मी राजनीतिक नेता–कार्यकर्ताप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्