
काठमाडौं,२८ असोज । सोलुखुम्बुमा एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन् । पासाङल्हामु गाउँपालिकाका ५ मा डेरा गरी बस्दै आएका ५५ वर्षीय शिक्षक मोहन घिमिरेले शुक्रबार बिहान बालिकालाई बलात्कार गरेका हुन ।
हिमालयन प्रावि नाम्चेमा नेपाली पढाउने शिक्षक घिमिरेले मद्यपान गरी आफ्नै विद्यार्थीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बेलुकाको मासु रहेपछि उनले पीडित बालिकाकी आमालाई मासु रहेकाले लिन आउन भनेका थिए।
आमाले आफ्नी ९ वर्षीया छोरीलाई शिक्षकको डेरामा मासु लिन पठाइन् तर आधा घन्टासम्म पनि छोरी नआएपछि आमा शिक्षकको कोठामा पुगेकी थिइन्। घर पुग्दा बालिकाकी आमाले शिक्षकलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ।
पीडित बालिकाको कपडा खोलिएको अवस्थामा फेला परेको भन्दै बलात्कारको उजुरी परेको छ ।बलात्कारको आरोपमा ५५ वर्षीय शिक्षक घिमिरेलाई प्रहरीले सदरमुकाम सल्लेरीस्थित जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्