ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 गलत स्वार्थ र मानवीय कमजोरीले विपद्का घटना बढे : गृहमन्त्री थापा


admin
आश्विन २७, २०७५ शनिबार  ३ : ०२ बजे

काठमाडौं,२७ असोज । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताउनुभएको छ ।

प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उहाँले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।”

गृहमन्त्री थापाले विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गरेकाले विश्वतापमान वृद्धि भई जलवायु परिवर्तनको जोखिम बढेको भन्दै सम्बन्धित देशले आफ्नो नीतिगत सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको भन्दै उहाँले कमभन्दा कम क्षति हुने गरी विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

“विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा सरकार मात्र होइन, निजी क्षेत्रको पनि उत्तिकै
लगानी र सक्रियता चाहिन्छ, यो भएर विपद न्यूनीकरणका सामूहिक कार्यक्रम एकसाथ लैजान सकेमात्र आर्थिक र मानवीय क्षति घटाउन सकिन्छ”, गृहमन्त्री थापाले भन्नुभयो ।

छिट्टै विपद व्यवस्थापन प्राधिकरण

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिट्टै विपद् व्यवस्थापन प्राधिकरण गठन गर्ने भएको छ । गृहमन्त्री थापाले विपद् व्यवस्थापनका लागि प्राधिकरणको आवश्यकता महसुस गरिएकाले यो छिट्टै गठन हुने जानकारी दिनुभयो ।

प्राधिकरण गठनपश्चात विपद् जोखिम न्यूनीकरणका लागि त्यससम्बन्धी योजना कार्यक्रम कार्यान्वयन गर्न प्राधिकरणले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले विपद् व्यवस्थापन प्राधिकरण गठनसम्बन्धी नियमावलीको मस्यौदा तयार भई कानून मन्त्रालयमा पठाइएको र यसले छिट्टै पूर्णता पाउने बताउनुभयो ।
नेपाल भौगर्भिक समाजका अध्यक्ष डा कविराज पौडेलले विपद् जोखिमका घटनाबाट राज्यले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सरोकारवाला निकायबीच प्रभावकारी कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार विसं २०७१ यता भूकम्पबाट सबैभन्दा बढी आठ हजार ९६२ जनाको मृत्यु भइसकेको छ भने २२ हजार ३०२ घाइते भएका छन् । यस्तै पहिरोबाट ४५३ ले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको सङ्ख्या करीब ३८० पुगेको छ ।

पहिरोबाट सोही अवधिमा दुई हजार ७२० घरपरिवार प्रभावित हुनुको साथै करीब रु ९० करोड बराबरको आर्थिक क्षति तथा नोक्सानी राज्यले बेहोर्नुपरेको छ । सोही अवधिमा बाढीबाट ४१३ जनाले ज्यान गुमाइसकेका छन् भने वेपत्ता हुनेको सङ्ख्या २१७ छ । बाढीले ५९ हजार ८५६ घरपरिवार विस्थापित भएको र करीब रु १५ अर्ब आर्थिक क्षति बेहोर्नुपरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com