
भरतपुर,२७ असोज । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाले सिटी हलको विषयमा कडा रुपमा प्रस्तुत भएकी छन् ।
उद्योग वाणिज्य संघ–चितवनले शुक्रबार आयोजना गरेको दशै शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख दाहालले अन्तर्रा्ष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको आरोप लगाएकी छन् ।
उनले भनिन् सिटी हलको विषयमा कहिले जगतपुरका जनतालाई उचालिएको छ, कहिले पटिहानीका जनतालाई उचालिएको छ, किन उचालिएको छ ? उनले ‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध भइरहेको बताएकी छन । उनले प्रश्न गर्दै भनिन महानगरवासी भन्नूस् अब म के गर्न सक्छु , जे भन्नुहुन्छ त्यही गर्न तयार छु”



















प्रतिक्रिया दिनुहोस्