ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 विश्व शान्ति स्थापनामा योगदान: ६० वर्षमा ६३ जना नेपाली सैनिकले जीवनको बलिदानी दिए


admin
आश्विन २६, २०७५ शुक्रबार  १२ : ५६ बजे

काठमाडौ,२६ असोज । विश्व शान्ति स्थापनामा योगदान पु¥याएबापत ६० वर्षको अवधिमा नेपाली सेनाले एक लाख २२ हजार ८७१ थान शान्ति पदक (युएन मेडल) प्राप्त गर्न सफल भएको छ । सन् १९५८ मा लेबनानबाट शुरु भएको ‘शान्ति मिसन’ यात्रामा नेपाली सेनाले द्वन्द्वपीडित जनताको मन जितेर शान्ति कायम राख्न सीपालु ‘पिस च्याम्पियन’को छविसमेत बनाउन सफल भएको हो ।

व्यावसायिक, मिलनसार र अनुशासनमा रहेर दिएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । विश्व शान्तिका लागि ज्यानको बाजी लगाउँदै यस अवधिमा ६३ जना नेपाली सैनिकले आफ्नो जीवनको बलिदानी दिए भने ६६ जना सैनिक घाइते छन् ।

विश्वका ११ मुलुकका १४ वटा मिशनमा पाँच हजारभन्दा बढीको सङ्ख्यामा अहिले नेपाली सैनिक खटिरहेको नेपाली सेनाले जनाएको छ । त्यसमध्ये महिला सैनिकको सङ्ख्या १६१ रहको छ । शान्ति सेना कङ्गो, दक्षिण सुडान, मरक्को, इजरायल, सुडान, लेवनान्, माली, सिरिया, सेन्ट्रल अफ्रीका रिपब्लिक, इराक, लिबियामा परिचालित छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान दिएर विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको बताउनुहुन्छ ।

नेपाली सेनाका एक लाख २२ हजार ८७१ सकल दर्जाले हालसम्म संसारका ४२ वटा मिसनमा खटिइ शान्तिका लागि विशिष्ट योगदान पु¥याइसकेका छन् । जसमध्ये महिला सैनिकको सङ्ख्या एक हजार १५३ रहेको छ । द्वन्द्वग्रस्त मुलुकमा मानव अधिकार र मानवीय सहायताको पक्षलाई ध्यान दिँदै पछिल्लो समय महिला सैनिकको माग बढिरहेको छ ।

मिलनसार र अनुशासित भएकै कारण नेपाली सेना जुन ठाउँमा खटिन्छ त्यहाँ प्रभावकारी ढङ्गबाट कार्यसम्पादन हुन्छ भन्ने संयुक्त राष्ट्र सङ्घको बुझाइरहेको छ । भूगोलको हिसाबले देश सानो भए पनि शान्ति स्थापनामा नेपालले ठूलो योगदान पु¥याउँदै आएको भनी राष्ट्र सङ्घले सदासर्वदा प्रशंसा गर्दै आएको छ ।

विश्वमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा अहिले नेपाल पाँचौँ बरियतामा रहेको छ । नेपालभन्दा बढी शान्ति सेना खटाउने मुलुकमा इथोपिया, रुवाण्डा, भारत र बङ्गलादेश रहेका छन् ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकाल विश्वका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आशा, भरोसा र विश्वास राखेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नेपाली सेनाले संसारमा शान्ति स्थापनाका लागि अह्म भूमिका खेलेको छ, यसप्रति हामीलाई गौरवको अनुभूति भएको छ ।” शान्ति सैनिकको कार्यशैली, उद्देश्य र जिम्मेवारी परिवर्तन हुँदै आएको वर्तमान परिप्रेक्षमा समेत नेपाली सेनाको जिम्मेवारी झन्झन थपिँदै गएको छ ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषि राजभण्डारी नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा कार्यमा देखाएको व्यावसायिक कुशलताकै कारण विश्व समुदायको पहिलो रोजाइमा पर्न सफल भएको बताउनुहुन्छ ।

कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले लिने गरेका प्रशस्तै उदाहरण छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारी निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल हुदै आएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्व शान्तिका लागि नेपालको ठूलो योगदान छ, नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाउँमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन सङ्गठन सफल भएको छ ।

शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडान लगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेको घटनालाई सर्वत्र प्रशंसा हँुदै आएको छ । शान्ति स्थापनार्थ गरेको योगदानअनुसारको नेतृत्व र जिम्मेवारी पाउन नेपालले संयुक्त राष्ट्र सङ्घलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com