
काठमाडौ,२६ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी नेता बामदेव गौतम काठमाडौँ ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताएका छन्।
कागेश्वरी मनहरा नगरपालिकाले आलापोटमा आयोजना गरेको बडा दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन्।
काठमाडौँ–(७ का सांसद रामवीर मानन्धरले राजिनामा दिने र गौतमले चुनाव लड्ने कुरा चर्चामा आएको बताउँदै प्रचण्डले बामदेव आफैले चुनाव नलड्ने बताएको जानकारी दिएका छन ।
उनले भने,वामदेवजी आफैले चुनाव लड्दिनँ भनिसक्नु भएको छ, अब यो लफडा सकियो’यस विषयमा अब तपार्इंहरुले पिर लिनु पर्दैन।’
६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए । कार्यक्रमस्थल पुग्दा आफूले पनि सडक निकै गएगुज्रेको देखेको बताउँदै प्रचण्डले अर्काे बर्ष नलाग्दै सडक पिच गरिसक्ने आश्वासन दिए।



















प्रतिक्रिया दिनुहोस्