दाङ, २५ असोज । प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी एक वर्ष भित्रमा विकासले गति लिने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले यो बर्ष कानून र व्यवस्थापकीय वर्ष भएकाले कानून निर्माणको कार्यले पूर्णता पाएसंगै विकासले थप गति लिने बताउनुभयो ।
‘यो वर्ष कानून निर्माण र व्यवस्थापकीय वर्षको रुपमा रहन्छ’ उहाँले भन्नुभयो ‘ कानून निर्माणको काम पूरा भएसंगै विकास निर्माणले थप गति लिन्छ ।’
अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारहरु बाझिएकाले केही समस्या भएपनि त्यस्ता समस्या समाधानका लागि कानून निर्माणको काम भईरहेको उहाँको भनाई रहेको थियो । अहिले प्रदेश नं. ५ करिब एक सय वटा कानुन निर्माणको चरणमा रहेको बताउनुभयो ।
अर्को फरक प्रसंगमा प्रदेशले करको दर नभई दायरा बढाएको उहाँले बताउनुभयो । तर केही स्थानीय तहले आफ्नो क्षेत्रअनुसार केही हेरफेर गरेको बिषयलाई संघीयताको विपक्षमा रहेको समुहले राजनीतिक मुद्या बनाएको उहाँको भनाई थियो ।
मुलुक समृद्धिको मार्गमा अघि बढिसकेको अवस्थामा अब यस्ता विषयलाई राजनीतिक मुद्या बनाएर संघीयता असफल पार्ने कार्य नगर्न समेत सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्