काठमाडौं,२५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद उब्जिएको छ ।
नेकपा सचिवालय बैठकमा काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद उब्जिएको हो । गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भने मौन देखिएका छन् ।
तर, पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रूपमै विरोधमा देखिएको बताइएको छ । २२ असोजमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–७ का सांसद मानन्धरले गौतमका लागि राजीनामा दिन तयार रहेको भन्दै गौतमलाई त्यस क्षेत्रबाट सांसद बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमले नै इच्छा देखाएको भए कुनै समस्या नरहने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्