ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ : मुख्यमन्त्री शाही


admin

सुर्खेत, २४ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभयो । “हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “मुलुकको विषम घडीमा यो विज्ञता स्वयम्सेवीसमेत बन्नुपर्दछ ।”

मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “हाम्रो विज्ञतालाई पावरप्वाइन्टमा होइन, अब प्रमाणित गरेर देखाउनुपर्दछ ।” मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनीकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाउनुभयो ।

विपद् जोखिम न्यूनीकरण क्षेत्रका विज्ञ डा गङ्गालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनीकरण गर्न सरकारले रणनीतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिनुभयो । विश्वको भूकम्प जोखिममा ११ औँ, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेर मात्र संरचना निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माणमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री विमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com