काठमाडौं , २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं ७ बाट जित निश्चत भए मात्रै उपनिर्वाचनमा उम्मेदवार बन्न वामदेव गौतमलाई सुझाव दिएका छन् ।
बुधबार बिहान पत्रकारसँग कुरा गर्दै नेता खनालले काठमाडौं ७ मा जनताले हराइदिए भने वामदेव गौतम र नेकपाको दुर्भाग्य हुने चेतावनी दिए ।
निर्वाचनमा पराजित भएका वामदेव गौतम मात्र नभइ गोरखाबाट पराजित नारायणकाजी श्रेष्ठलाई पनि संसदमा ल्याउनु पर्ने उनले बताएका छन ।
काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरको पत्र सचिवालयमा पत्र प्राप्त भएको बताएका वरिष्ठ नेता खनालले भने, ‘रामवीर मानन्धरले सांसद पदबाट मैले राजीनामा दिए भन्ने पत्र आएको छ । स्वीकृत भएको छैन ।
काठमाडौं ७ का सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्