ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन


एबीसी न्यूज
आश्विन २३, २०७५ मंगलबार  ७ : ४१ बजे

 

बेइजिङ, २३असोज।   एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो बहस भएको छ ।

उत्तर कोरियाली आणविक निशस्त्रीकरणको बिषयलाई लिएर एसिया भ्रमणको अन्तिम दिन चीन आएका अमेरिकी कुटनीतिज्ञ पोम्पेओ र चिनियाँ विदेशमन्त्री यीले भेटमा उक्त विवादबारे परस्पर विभाजित धारणा राखेका छन् ।

“अमेरिका र चीनबीच एक अर्काले आयात गर्ने सामानमाथि अबौँ डलर बराबरको कर बढाउने निर्णयपछि अमेरिकाले व्यापार विवादबारे भ्रामक धारणालाई प्रचारमा ल्याएको छ जुन विल्कुल गलत हो,” चिनियाँ सञ्चारमाध्यमले दियायुताई गेष्ट हाउसमा भएको भेटमा विदेशमन्त्री वाङले पोम्पेओसँग राखेका विचारलाई उद्धृत गरेका छन् ।

अमेरिकाले स्वशासित प्रजातान्त्रिक उपद्वीप ताइवानमा चीनविरोधी ‘श्रृङ्खलापूर्ण गतिविधि सञ्चालन गरेका’ आरोप चिनियाँ विदेशमन्त्रीले लगाउनुभयो । ताइवानलाई चीनले आफ्नो विद्रोही प्रान्तका रूपमा लिँदै आएको छ । अमेरिकी गतिविधिले चीनको सार्वभौमसत्तामाथि आघात पुगेको उहाँले आरोप लगाउनुभयो ।

यी गतिविधिले दुवै पक्षका आपसी विश्वासमाथि प्रभाव पारेको र यसले चीन–अमेरिकाबीचको सम्बन्धलाई छाँयामा पारेको र यो हाम्रा दुई देशका जनताको चासो विपरित भएको वाङको भनाई थियो ।

केही दिनपहिले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनलाई सैन्य उत्तेजना फैलाएको, व्यावसायिक चोरी गरेको, मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी गराएको र अमेरिकी निर्वाचनमा ट्रम्पविरुद्ध हस्तक्षेप गरेको लगायतका आरोप लगाएका कारण पनि चीन अमेरिकासँग खुशी छैन ।

चीनद्वारा लिएका गतिविधिप्रति अमेरिकाको बृहद् असन्तुष्टि रहेको पोम्पेओको दावी

प्रतिक्रियामा अमेरिकी विदेशमन्त्री पोम्पेओले छलफलका लागि आफु चीनमा नै आउन चाहेको बताउनुभएको थियो ।

“तपाईले सङ्केत गरेका बिषयमा अमेरिकी सरकारको फरक विचार छ, ” पोम्पेओले वाङलाई भन्नुभयो ।
हामीले चीनद्वारा लिएका गतिविधिप्रति हाम्रो बृहद् असन्तुष्टि रहेको छ । हरेक बिषयमा छलफल गर्ने अवसर भएमा बिषयलाई छर्लङ्ग पार्न सकिन्छ भन्ने मेरो धारणा छ, पोम्पेओले भन्नुभयो ।

पोम्पेओले अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिससँग यसै महिना बेइजिङमा हुनेगरी तय भएको बैठक रद्द भएकोबारे पनि चासो व्यक्त गर्नुभयो ।

“मलाई दुख लगेको छ कि दुई मुलुकबीच हुने रणनीतिक महत्वको राख्ने छलफलको मार्गलाई चीनले रोक्नु मेरो विचारमा ठीक कदम थिएन ।”

तर रक्षामन्त्रीस्तरीय वार्ता चीनका कारण नरोकिएको वाङले दावी गर्नुभयो । उहाँले आफुले रक्षामन्त्री स्तरीय वार्ता बारे भनेको कुरा नै सत्य भएको जिकिर गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com