दाङ,२२ असोज । दाङको तुलसीपुरमा विद्यार्थीहरुले निर्मला पन्तका निम्ति न्याय माग्दै सडक प्रदर्शन गरेका छन ।
तुलसीपुर विभिन्न विद्यालयहरुवाट आएका सयौँं विद्यार्थीहरुले सोमबार तुलसीपुरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन । विद्यार्थीहरुले निर्मलालाई न्याय दे, बलात्कारी र हत्यामा संलग्नलाई फाँसी दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाउँदै बजारको परिक्रमा गरेका थिए ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि बलात्कार र हत्यामा सम्लग्न व्यक्तिलाई सरकारले संरक्षण गरिरहेको उनीहरूको आरोप छ। विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले प्रदर्शनको संयोजन गरेको थियो।
अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले सरकारले नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई संरक्षण गरेको आरोप लगाए । ‘हत्यारालाई संरक्षण गर्ने गृहमन्त्री नायालयक हुन ।
गृहमन्त्रीले पदमा बस्ने नैतिक आधार गुमाइसकेका छन,’ सचिव खड्काले भने। दुई महिना बित्दा समेत बलात्कारी र हत्याराको पहिचान गर्न नसक्ने गृहमन्त्रीको औचित्य समाप्त भइसकेको प्रदर्शनमा सहभागी महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरकी छात्रा रिता चौधरीले बताईन ।
प्रतिक्रिया दिनुहोस्