काठमाडौं,२२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिका भ्रमणबारे जानकारी गराएका थिए ।
त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भारत र चीन भ्रमणबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना भ्रमण र चीन भ्रमणबारे जानकारी गराएको श्रेष्ठले बताए । स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी २४ गते सचिवालय बैठक बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्