
काठामाडौं,२१ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् ।
प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए ।
प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ भन्ने भावनाले काम गर्नुपर्ने उनले धारणा राखेका छन ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्