काठमाडौं,१९ असोज । ललितपुरको महांकाल गाउँपालिका प्रमुखकै नेतृत्वमा ईलाका प्रहरी कार्यालय टुंगुन बडिखेलको प्रहरी कार्यालय तोडफोड भएको छ ।
महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालको नेतृत्वमा प्रहरी चौकी तोडफोड भएको महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिएका छन । गएराति भारतको बिहार घर भएका १७ वर्षीय बब्लु माझीले महांकालकै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्र्दै स्थानीयले पक्राउ गरेर टुंगुन प्रहरी कार्यालय पुर्याएका थिए।
प्रहरी कार्यालय पुर्याइएका माझीमाथि प्रहरीले सोधपुछ गर्ने क्रममा उनले आफूलाई लागेको आरोप अस्विकार गरेका छन।
त्यसैबेला महांकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले आरोपित माझीलाई कुटेको डिएसपीले बताएका छन ।
गाउँपालिका प्रमुखले कुट्न थालेपछि झण्डै एकसय जनाको हाराहारीमा प्रहरी कार्यालय पुगेका अन्य गाउँलेले पनि माझीलाई कुट्न थालेको प्रहरीले जनाएको छ ।
तोडफोडबाट प्रहरी कार्यालर्यको प्रतिक्षालयमा क्षति पुगेको छ । प्रहरीको बोर्ड, चौकीका झ्याल ढोका, प्रहरी सुत्ने खाट समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्