ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको सुरक्षा दिन नसकेको सरकार पूर्णरुपले असफल: राजपा नेता यादव


admin
आश्विन १८, २०७५ बिहीबार  ५ : ४३ बजे

 

सप्तरी, १८ असोज । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले संविधान संशोधन, महंगी नियन्त्रण तथा जनताको सुरक्षा दिन नसकेको वर्तमान सरकार पूर्णरुपले असफल भएको बताएका छन ।

राजपा सप्तरीद्वारा विहिवार विहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले आफूहरुले देश र जनताको हितका लागि समर्थन दिएको तर सरकार अहिले सबै क्षेत्रमा असफल भईसकेको बताए ।

नेता यादवले समस्या समाधानका लागि सरकारलाई अन्तिम पटक सुध्रिने मौकाका साथ असोज २२ गते जिल्लास्थित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने तयारीमा पार्टी लागेको जानकारी दिए ।

संविधान संशोधनको कुरालाई थाँती राख्दै रेशम चौधरीलाई सांसदको सपथ ग्रहण समेत गर्न नदिनु जनमत प्रतिकै अपमान रहेको भन्दै उनले यसले राज्यको पुर्वाग्रही चरित्र उदाङ्गो भएको आरोप लगाए ।

कैलालीको टिकापुर घटना छानविनका लागि सर्वोच्चका पुर्व न्यायाधीश गिरिष चन्द्रलालको अध्यक्षमा गठित तराई मधेश थरुहट जाँचवुझ आयोगको प्रतिवेदन समेत अहिलेसम्म सार्वजनिक नगरिएको प्रति आपत्ति जनाए ।

उनले संघियताप्रति वितृष्णा फैलाउने, ३३ किलो सुन तस्करीका आरोपीलाई जोगाउने, निर्मला हत्या काण्डका अपराधीलाई संरक्षण दिने काममा लागेको सरकारलाई कसरी समर्थन दिईरहने भन्दै सुन तस्करीमा पार्टीकै प्रभावशाली नेता फस्ने अवस्था आएपछि त्यसको छानविनै रोकिएको उनको दाबी छ ।

नेता यादवले निजगढ विमानस्थल आवश्यक भएपनि विना तयारी त्यहाको वन फँडानी गर्नु तराई मधेशलाई मरुभुमिकरणको षडयन्त्र रहेको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि सफलता

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com