ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ: सञ्चारमञ्त्री बाँस्कोटा


admin
आश्विन १६, २०७५ मंगलबार  ४ : ५९ बजे

काभे्रपलाञ्चोक, १६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ ।

काभे्रपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ उहाँले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुङ्गाखानी सञ्चालन भइरहेकाले पानीको स्रोतमाथि गम्भीर असर भइरहेको बताउनुभयो ।”

मन्त्री बाँस्कोटाले स्रोतमाथिको दोहनले मुलुकभर खानेपानीको स्रोतमाथि सङ्कट आइरहेकाले यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरोकार भएकाहरुले छिट्टै ध्यान दिनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जीवनसँग मिनेट मिनेटमा जोडिएको पानीको स्रोतमाथिको आक्रमण तत्काल रोकिनुपर्छ, यसका लागि स्थानीय तहले दायित्वबोध गर्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले ‘स्रोतमाथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको काम ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी ल्याउने योजनामा काम गर्ने शैली फरक देखियो, स्रोतको क्षेत्रमा लाभको साझेदारी व्यवस्थापन नहुँदा ढिलाइ सहनुप¥यो ।”

मन्त्री बाँस्कोटाले एशियाली विकास बैंकले आफ्ना योजना समयमै सक्ने गरी ठेकेदारलाई चयन गर्नुपर्ने सुझाव दिँदै ठेकेदारले लापवाही र ढिलासुस्ती गरे सरकारलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।

उहाँले ‘कुनै ठेकेदारले भनेअनुसारको गुणस्तरीय काम नगरेमा वा समयमै काम सम्पन्न नगरेको भए सरकारलाई जानकारी गराउनुस्, हामी छानबिन गरी तत्काल कारवाही गर्छौँ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आयोगले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा शहरीकरण गर्न लागिएको बताउँदै आगामी १५ औँ योजनामा केही योजनाका ढाँचा बदल्दै अघि बढ्ने जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालले सरकारले अबको तीन वर्षमा प्रत्येक नेपालीका लागि आधारभूत खानेपानी तथा सरसफाइका काम सक्ने बताउनुभयो । “सन् २०३० भित्र दिगो विकास लक्ष्य पूरा गर्न एकीकृत खानेपानी तथा सरसफाइ विधेयक ल्याइनेछ, यसका लागि मस्यौदा पनि तयार भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले काभे्रपलाञ्चोकका धुलिखेल, बनेपा र पनौती नगरका लागि सञ्चालित एकीकृत खानेपानी आयोजनाको काम ९८ प्रतिशत सकिएको र ६ महिनामा तीन नगरका करीब एक लाख परिवारमा २४ सै घण्टा खानेपानी पु¥याइने बताउनुभयो ।

खानेपानी मन्त्रालय, नगरपालिका सङ्घ तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठीमा २० नगरका प्रमुख एवं प्रतिनिधि तथा सातै प्रदेशका उत्कृष्ट खानेपानी उपभोक्ता समितिका पदाधिकारीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Congress Internal Estimate: Around 50+ FPTP Seats and 30 Lakh PR Votes Target Looks Tough – What ABC Ground Reporting Says ?

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com