कञ्चनपुर,१६ असोज । साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै नेविसंघका कार्यकर्ताले आज कञ्चनपुर बन्द गरेका छन् ।
पन्तको हत्यारा पत्ता नलागेपछि उनीहरुले बन्द सँगसँगै जिल्ला सरकारी वकिलको कार्यालय र सरकारी गाडी समेत तोडफोड गरेका छन् ।
तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि हातपात गरेका छन् । आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका हुन् । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्