ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज महानगरका उम्मेदवार : पूर्व सभासददेखी विदेशी डिग्रि होल्डरसम्म


admin

वीरगन्ज, २३ भदौं । दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जमा चुनावी रौनकको पारो उकालो चढिसकेको छ । सबै राजनीतिक दल चुनावी मैदानमा छन् । ठूला सहित मधेसी र साना दलले समेत वीरगन्ज महागनरको नेतउत्व गर्न अग्रसर छन् । सबै दलले मेयरको उम्मेदवार चुनावी मैदानमा उतारिसकेका छन् । महानगर भएकाले सबै राजनीतिक दलले वीरगन्जलाई प्रतिष्ठाको क्षेत्र बनाएका छन् ।

वीरगन्जलाई आगामी पाँच वर्ष नेतृत्व गर्न अग्रसर कोही पनि उम्मेदवार कमजोर छैनन् । सबै राजनीतिक दलले जित हासिल गर्ने योजना सहित उम्मेदवार छानेका छन् । पहिलो र दोस्रो चारमा निर्वाचन भएका प्रदेशमा रहेका महानगरमा राजनीतिक दलबीच चुनावी तालमेल भएको थियो । तर, वीरगन्ज महानगरमा भने सबै राजनीतिक दल एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । त्यसैले पनि वीरगन्ज महानगरको चुनावी रौनक रोचक छ ।

सबै राजनीतिक दलले प्रतिष्ठाको केन्द्र मानेको वीरगन्ज महानगरमा यस पटक कडा प्रतिस्पर्धा हुने निश्चित छ । सबै राजनीतिक दलले वीरगन्ज महानगरमा जित हासिल गर्न राम्रो र बलियो पृष्टभूमी भएका व्यक्तिहरुलाई चुनावी मैदानमा उतारेका छन् । वीरगन्ज महानगरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघिय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने छ ।

वीरगन्जमा कांग्रेसका मेयर उम्मेदवार को हुन ?
नेपाली कांग्रेसले वीरगन्ज महानगरमा अजयकुमार द्धिवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु गरेका द्धिवेदी वीरगन्ज क्षेत्रमा राम्रो छवि बनाएका नेतृत्व हुन । २०४९ सालको स्थानीय निर्वाचनबाट तत्कालिन वीरगन्ज नगरमा उपमेयर निर्वाचित दिवेद्धी २०६४ सालको संविधानसभा निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट सभासद निर्वाचित भएका थिए । उनी, २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, २०७० सालमा भने पराजित भए । उनी, यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार बनेका छन् । आफ्नो उम्मेदवारीबारे दिवेद्धी यस्तो बताउँछन् ।

वीरगन्जमा एमालेका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा नेकपा एमालेबाट बसुरुदिन अन्सारी मेयरका उम्मेदवार हुन । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका अन्सारी माओवादी हुँदै पछिल्लो समय एमाले भएका हुन । वीरगन्जमा रहेको नेशनल मेडिकल कालेजका एमडी समेत रहेका अन्सारी २०७० सालको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार बने पनि बिजयी हुन सकेन । तर, असोज दुईको स्थानीय तह निर्वाचनमा एमालेले मेयरको उम्मेदवार बनाउने भएपछि अन्सारी एमालेमा प्रवेश गरेरे मेयरका उम्मेदवार बनेका हुन । भर्खरै एमाले प्रवेश गरेका अन्सारी आफ्नो उम्मेदवारीबारे यस्तो भन्छन् ।

वीरगन्जमा माओवादीका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा नेकपा माओदी केन्द्रले रहवर अन्सरीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगन्जमा रहेको गण्डक अस्पतालका निर्देशक समेत रहेका रहवर माओवादी निकट मुस्लिम मुक्ती मोर्चाका केन्द्रिय सदस्य हुन । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै स्नाकोत्तर सकेर फर्केका रहवर माओवादीबाट वीरगन्ज महानगरमा मेयरको उम्मेदवार बनेका हुन । रहवर वीरगन्ज महानगरको मेयरका उम्मेदवार मध्ये उमेरले कान्छो हुन । उनी, वीरगन्जको मुहार फेर्न उम्मेदवारी दिएको बताउँछन् ।

वीरगन्जमा राजपाका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा राष्ट्रिय जनता पार्टीबाट राजेशमान सिंह मेयरका उम्मेदवार हुन । सिंह २०४९ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित सिंह पूर्व कांग्रेस हुन । तर, पछिल्लो समय भने उनले राजपालाई रोजेका हुन । राजपाबाट मेयरका उम्मेदवार बनेका सिंह मधेस आन्दोलनमा धेरै योगदान पुर्‍याएका नेताका रुपमा परिचित छन् ।

 

वीरगन्जमा संघीय समाजवादीका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपालबाट विजयकुमार सरावगी मेयरका उम्मेदवार हुन । मेयरका उम्मेदवार सरावगी व्यवसायी हुन । वीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष भएर काम गरिसकेका उनी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य हुन । माओवादीमा अस्था राख्ने व्यवसायीको रुपमा चिनिने सरावगी माओवादीले समानुपातिक सभासद नबनाएपछि संघीय समाजवादी पार्टीमा प्रवेश गरेका हुन । तीन महिना अगाडी मात्र संघीय समाजवादी फोरममा प्रवेश गरेका सरावगी आफ्नो उम्मेदवारीबारे यस्तो भन्छन् ।

वीरगन्जमा ठूला तीन दल सहित मधेसी र साना दल पनि चुनावी मैदानमा छन् । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट पाका राजनीतिकज्ञ बिमल श्रिवास्तव मेयरका उम्मेदवार बनेका छन् । यसरी वीरगन्जमा विभिनन राजनीतिक दलका उम्मेदवारले मेयर पदका लागि कडा प्रतिस्पर्धा गर्नेछन् । सबै राजनीतिक दलबाट मेयरका उम्मेदवार बनेकाले आफुले नै चुनाव जित्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com