काठमाडौँ, १५ असोज । बनेपामा प्रदर्शनकारीमाथि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकाले अरनिको राजमार्ग अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सूचना जारी गरेपछि साँगामा तनाव सिर्जना भएको हो ।
स्थानीयले राजमार्गमा अवरोध गर्दा उक्त तनाव नियन्त्रण लिन प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ । घटनामा दर्जन बढी घाइते भएका छन् ।
राजमार्ग खुलाउन खोज्दा साँगाका घर टहरा सन्चालक स्थानीय र प्रहरीबीच झडप भएको थियो । घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्याल्य भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गरेका छन् ।
डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख गुरु अधिकारीले भने अरनिको राजमार्ग साँगाबाट धुलिखेलको सम्मको ९ किलोमिटर सडक मिचेर बनेका घर टहरा यो साताभित्र हटाइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्