काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार विहान फोनवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वाकयुद्ध चलिरहेका बेला पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्डले नेता नेपालसंग सिँगापुरबाटै फोनवार्ता गरेका हुन् ।
५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालको सरोकारबारे दुई नेताबीच फोनमा कुरा भएको स्रोतले जनाएको छ ।
आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए ।
प्रचण्ड र नेपालबीच फोनवार्ता भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पनि पुष्टि गरेका छन् । रिजालले प्रचण्ड–नेपालबीच सकरात्मक फोनवार्ता भएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्