काठमाडौं,१५ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दातृ निकायद्वारा संचालित परियोजनाको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा संचालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
सोमबार ललितपुरमा उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताको जीवनस्तर बढाउने गरी ठोस योजना तय गर्न पनि कृषिसँग सम्बन्धित परियोजनाहरुलाई सचेत गराउनु भयो ।
जनतामा सकारात्मक योगदान दिन नसक्ने परियोजना नेपाललाई आवश्यक नरहेको मन्त्री खनालको भनाई छ
मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक प्रविधि भित्र्याउने दिशामा पनि विशेष जोड दिन दातृ निकायद्वारा संचालित परियोजनाहरुलाई आग्रह गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्