
काठमाडौ,१४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा कालो झण्डा देखाएका छन् । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका हुन । अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।
मधेशी एशोसिएशन इन अमेरिका (मा) को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र शाहले बताएका छन ।
उनहिरुले हामीले अमेरिकामा‘ अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएको भन्दै त्यसकै विरोध गरेको बताए ।
प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्