ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ वर्षदेखि बन्द भएको नाच गत वर्षदेखि सञ्चालनमा


एबीसी न्यूज

भक्तपुर, १२ असोज।  साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् ।

मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका स्वरुप धारण गरेका देवगणमा देवताकै शक्ति हुने मानिन्छ जो बाजाका तालसँगै नाच्दै निस्कन्छ ।

मध्यपुरथिमि– ५ र ६ का युवाको सक्रियतामा गठन भएको महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले ३०० वर्ष अघिदेखि सञ्चालनमा आएर २५ वर्षदेखि बन्द भएको सो नाच गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमि– ५ भूलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भएको सो नाच शनिबार रातिसम्म सञ्चालन हुने समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने यो नाच यस वर्ष पाँच रातसम्म सञ्चालन गरिने भएको छ, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ, नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा टोलटोलमा नचाइने गरिन्छ ।”

अध्यक्ष श्रेष्ठका अनुसार नित्यनाथ मन्दिरमा पूजा गरेर नाच पहिले समर्पित गरिन्छ । दथुटोल, दिगुटोल, गङ्गछिपा टोल, चपाचो, पोवु टोल, भूलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोलको परिक्रमा गरी नाच बालकुमारी पुग्ने गर्छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच नौदेखि १३ तालमा तालमा नाचिने गरेको बताउनुभयो । उहाँले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाच जोगाउन सजिलो भएको बताउनुभयो । “यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरु नाचसँग नमिल्ने ताल हो, नाचमा महालक्ष्मी एक, सिंह एक, माक(बाँदर) एक, देवी दुई, कवाँं दुई, ख्या(भुत) दुई, भूतभैरव दुई, बेता चार गरी १५ जनाले विभिन्न देवीदेवताका रुपमा नाच्छन् ।”

सो नाचमा महाकालीका रुपमा २३ वर्षीय सुसनदै श्रेष्ठ, देवीका रुपमा १९ वर्षीय सुजनदै श्रेष्ठ, महालक्ष्मीका रुपमा २३ वर्षीय राजुझांग श्रेष्ठ, सिंहका रुपमा २१ वर्षीय सागरन्हुछें श्रेष्ठ, बेटाका रुपमा १७ वर्षीय रसिककाः श्रेष्ठ, १७ वर्षीय सनीश प्रजापति, १६ वर्षीय सञ्जीव तामाङ र १६ वर्षीय विकास रञ्जीतकारले देवगणका रुपमा नाचेका छन् ।

त्यसैगरी भूत भैरवका रुपमा २१ वर्षीय सिजल श्रेष्ठ, १७ वर्षीय कविबोडे श्रेष्ठ, कवांँका रुपमा १५ वर्षीय देवपिला श्रेष्ठ, १२ वर्षीय समीप पला श्रेष्ठ, ख्या ः का रुपमा १९ वर्षीय सन्देशहामो श्रेष्ठ, १८ वर्षीय अमेश नकर्मी, माकका रुपमा १० वर्षीय दिलेशध्याकोदुवा श्रेष्ठले देवगणका रुपमा नाच प्रदर्शन गरेका छन् ।

नाच र बाजाका गुरु केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकांँ श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ हुनुहुन्छ । बाजामा भने मुहाली बजाउनेको अभाव छ ।

बाजाको तालसँगै विभिन्न स्वरुपमा नाचिने सो नाचमा देवी र दानवको युद्धसमेत चित्रण गरिएको छ । लगातार १३ तालमा नाच्दा रात बित्ने गर्छ । गुरु हीराकाजीले परापूर्वकालमा सो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै देवताका रुपमा नाच्नेमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउनुहुन्छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नाच संरक्षणका लागि नगरपालिकाले गत वर्ष रु पाँच लाख दिएको र यस वर्ष पनि बजेट छुट्याएको जानकारी दिँदै मध्यपुरथिमिको कलासंस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गरिने बताउनुभयो । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचका लागि मुकुट, लुगालगायत आवश्यक सामग्री किनिएको बताउँदै नाचमा करीब रु आठ लाख खर्च हुने जानकारी दिनुभयो ।
(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com