ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरिया भ्रमणपछि माधवकुमार नेपाललाई हैरान


admin

काठमाडौं, २२ भदौं । नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले गर्ने विदेश यात्रा बेलाबेलामा विवादित बन्ने गरेको छ । विदेश भ्रमण मात्र होइन, विदेशमा दिएको अभिव्यक्तिसमेत विवादमा पर्ने गरेको छ। हालै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीमा दिएको अभिव्यक्ति पनि विवादमा पर्‍यो ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेलगत्तै कांग्रेसले माधवकुमार नेपालको उत्तर कोरिया भ्रमणमाथि प्रश्न उठाएको थियो । तर, नेकपा एमालेका नेता माधवकुमार नेपालले भने आफू सरकारसाग अनुमति लिएरै उत्तर कोरिया भ्रमणमा गएको दावी गरेका छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले कूटनीतिक अज्ञानताका कारण काँग्रेस नेता विमलेन्द्र निधिले आफ्नो उत्तर कोरिया भ्रमणको विरोध गरेको दावी गरे । नेपालले उत्तर कोरिया नेपालको कुटनीतिक सम्बन्ध स्थापना भइसकेको मुलुक भएकाले पनि त्यसको भ्रमणमा जान नपाउने कुनै कारण नरहेको तर्क गरे । बिहीबार काठमाडांैमा भएको बदलिादो विश्व परिवेशमा नेपालको विदेश नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्री भइसकेका निधिले उत्तर कोरिया भ्रमणमा आफू गएको विषयमा आपत्ति जनाएकोमा आश्चर्यसमेत प्रकट गरे ।

नेता नेपालले नेपालको परराष्ट्र नीतिलाई सामयिक बनाउनु पर्नेमा पनि बताए । कार्यक्रममा बोल्दै नेपाली कााग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालको परराष्ट्र नीति कमजोर भएको स्वीकार गरिन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले सरकार बदलिरहेका कारण नेपालको परराष्ट्र नीति पनि कमजोर बन्न गएको बताइन् ।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले परराष्ट्र नीतिलाई साझा नीतिको रुपमा स्थापित गराउनुपर्ने चुनौति रहेको बताए । बस्नेतले असमान सन्धि सम्झौतालाई सुधार गर्दै लैजान पनि परराष्ट्र नीतिले जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

नेता बस्नेतले विगतमा भएका असमान सन्धि, सम्झौताका कारण नेपालले अन्य राष्ट्रसाग झुक्नुपर्ने अवस्था रहेको बताए । विदेश जानु आउनु एउटा प्रक्रिया हो । तर, त्यसको पनि एउटा विधि निर्धारण गर्नुपर्ने आवश्यक छ। नेताहरु विदेश जाादा दिने अभिव्यक्ति र प्रदर्शन गर्ने व्यवहारले राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकाले यसमा सचेतता अपनाउनु भने जरुरी छ । यसका लागि राज्यले ठोस नीतिसमेत बनाउनु आवश्यक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com