ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

धेरै ठूलो मेहनत र सङ्घर्षपछि राजनीतिक स्थिरतामा आइपुगेका छौँ : अध्यक्ष प्रचण्ड


bhawani desk
आश्विन १०, २०७५ बुधबार  ४ : ३७ बजे

काठमाडौ,१० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गर्नुभयो ।

“धेरै ठूलो मेहनत र सङ्घर्षपछि हामी राजनीतिक स्थिरताको वातावरणमा आइपुगेका छौँ । जनताको धेरै ठूलो अपेक्षा छ, स्थिर र शक्तिशाली सरकार बनिसकेपछि छिटोछिटो र राम्रो काम जनताको पक्षमा परिणाम देखिने गरी होस् भन्ने अपेक्षा छ, हुँदैन कि भनेर चिन्ता पनि व्यक्त हुने गरेका छन्, जनताका गुनासा कहाँनेर व्यक्त भएका छन् भनेर सरकार र पार्टी गम्भीर भएर समीक्षा गर्दै आगामी काम कारवाहीलाई परिणाममुखी हुने गरी अघि बढ्छौँ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले अबको दशकसम्म आर्थिक क्रान्तिको स्वर्णिम युग रहेको तर, गलत संस्कार तथा नेतृत्वको कमजोरीले जनतामा निराशा आउने हो कि भन्ने चिन्ता पनि बढेको उल्लेख गर्दै त्यसलाई समृद्धिको आशामा परिणत गर्न ठूला लक्ष्य राखेर सङ्कल्पका साथ सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले अहिले मुलुकमा ठूला राजनीतिक परिवर्तनहरू संस्थागतको क्रममा रहेको तर पञ्चायतकालीन ऐन, नियम र कानूनले काम कारवाहीलाई अवरोध गरिरहेको प्रसङ्ग उल्लेख गर्दै ऐन कानून संशोधन र व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको समग्र आर्थिक समृद्धि र सभ्यताको विकास गर्ने महत्वपूर्ण आधार पर्यटन क्षेत्र नै भएकाले होटलपछि सबैभन्दा धेरै लगानी भएको पर्यटक यातायात सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नीतिगत प्रोत्साहन तथा विशेष सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्यटक यातायात सेवालाई कानूनीरुपमा व्यवस्थित गरी सेवाको गुणस्तरमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो ।

सरकारले घोषणा गरेको सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रारम्भको रुपमा लिई सन् २०३० सम्म भ्रमण वर्षकै रुपमा मनाई ५० लाख पर्यटक पु¥याउने योजनाअनुरुप पर्यटकीय पूर्वाधार विकासलाई तीव्रता दिएको उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाललगायतले पर्यटक भित्र्याउने पहिलो अधार विमानस्थलपछि यातायात नै भएकाले पर्यटक यातायातलाई सुरक्षित र व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटनमा होटलपछि धेरै लगानी भएको पर्यटक यातायात क्षेत्रलाई नीतिगतरूपमा व्यवस्थित ढङ्गले अघि बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याएबापत पर्यटन व्यवसायी मनोज श्रेष्ठ, राष्ट्रिय पर्यटन पत्रकार सङ्घका अध्यक्ष शिव अधिकारीलगायतलाई सम्मान गरिएको थियो । सोही अवसरमा पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठलाई सङ्घको प्रमुख सल्लाहकार र चेम्बर अध्यक्ष श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

काठमाडौं– ३ को मतगणना सुरु

चितवन २ र झापा ५ मा कांग्रेस–एमाले चुनावी तालमेल भएको खुलासा

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

‘उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न, स्वागत गर्छौँ’ : भारत

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com