
काठमाडौ,१० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताए।
बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरेका छन ।
पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई डाकेको थियो ।
थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा छिट्टै पक्राउ पर्ने दाबी समेत गरेका छन ।
अर्को प्रसंगमा गृहमन्त्री थापाले इन्टरनेटमा अश्लील सामग्री रोक्नु जायज भएको बताएका छन । गृह मन्त्रालयले केही दिनअघिमात्र पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्