ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास


abc

काठमाडौँ, ९ असोज ।  ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।

नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ ।

चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, सिङ्गापुर, क्यानाडा, फिलिपिन्स, बेलायत, डेनमार्क, बेल्जियम, इजरायल, भारत र चीनका सैनिकको सहभागिता छ ।

नेपालको प्रदेश नम्बर ६ को दैलेख क्षेत्रमा ठूलो भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध हुनाका साथै पुलहरूसमेत भत्केका र सुर्खेत विमानस्थलको पनि केही भाग क्षति भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालनबारे व्यावहारिक अभ्यास गरिने भएको छ ।

भूकम्पमा परेर घाइते भएकाको उपचारका लागि अस्पताल पनि तयारी अवस्थामा रहनुपर्ने भएकाले त्यसका लागि शिक्षण अस्पताल, ट्रमा सेन्टर, नर्भिक इन्टरनेशनल र ग्रीनसिटी अस्पताललाई उक्त अभ्यासका लागि छनोट गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हुने उक्त अभ्यासमा ६४ विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धारका क्षेत्रमा कार्यरत संस्थाका समेत ३०० प्रतिनिधिको सहभागिता छ ।

यसअघि यस्तो तालीम सन् २०११, २०१३, २०१६ मा काठमाडौँ मै सञ्चालन भएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालय निर्देशक जीतबहादुर गुरुङले जानकारी दिनुभयो ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पपछिको खोज, उद्धार र राहतसहित घाइतेको उपचारका लागि बहुराष्ट्रिय सेनाको परिचालन र समन्वय निकै प्रभावकारी ढङ्गबाट भएको निष्कर्ष निकालिएको थियो । विसं २०७२को भूकम्पमा विमानस्थलमा क्षति नहुँदा धेरै व्यक्तिको ज्यान बचाउन सहयोग पुगेको थियो ।

नेपाल प्राकृति विपद्का हिसाबले जोखिम रहेकाले यस्ता प्राकृतिक प्रकोपका घटनापछिका उद्धार र राहतका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी तुल्याउन यस्ता अभ्यास निकै उपयोगी हुने विश्वास लिइएको छ । यस पटकको अभ्यास विमानस्थल, छाउनी, टुँडिखेल र विभिन्न अस्पतालमा सञ्चालन गरिनेछ ।

उक्त अभ्यास शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले ठूला खाले प्राकृतिक प्रकोपका घटनाले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभएर मानवीय विकासमा समेत ठूलो प्रभाव पार्नाकासाथै उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमा यस्ता तालीम कोशेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल सि गुन्जालेस्ले बहुराष्ट्रिय सैनिक र बहुपक्षीय सरोकार संस्थाका प्रतिनिधि सम्मिलित विपद् व्यवस्थापन अभ्यासका क्रममा हुने अनुभव आदानप्रदानबाट ठीक समयमा ठीक खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका घटनापछिको खोज, उद्धार र राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन र पूर्वतयारी गर्न सके पछि आइपर्ने ठूला जनधनका क्षति रोक्न सकिने धारणा व्यक्त गर्नुभयो ।

आगामी वर्षदेखि यस्तो अम्यास प्रदेशस्तरमा पनि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

काठमाडौं, १७ चैत्र ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको

यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम तयार भएको छ । संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन/विकास, गणतन्त्र

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

त्रिभुवन विमानस्थलले कर्मचारीको दैनिक अभिलेख राख्ने

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु निलम्बित

प्रधानमन्त्रीले मागे मन्त्री बन्नेहरुको नामावली : ३ बजे शपथ

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...