काठमाडौ, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणनाको जारी छ ।
प्रदेश नम्बर १, ५, ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ तहमध्ये केही स्थानीय तह बाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको छ । दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा बिहिबार नै नेपाली कांग्रेसले बझाङका काँडा गाउँपालिकाबाट विजय सुरुवात गरेको छ । कांग्रेसका राजेन्द्र बोहोरा ३ सय ९४ मतका साथ गाउँपालिका अध्यक्ष निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहोरा ३ सय ९४ मत सहित बिजयी हुनु भएको छ । बझाङकै मष्टा गाउ“पालिकामा भने एमाले विजयी भएको छ । एमालेका कर्णबहादुर कठायत अध्यक्षमा र भगवती बोेहरा उपाध्यक्षमा विजयी हुनु भएको छ । त्यस्तै, बाजुरको पाण्डपगुफा गाउ“पालिकामा पनि एमाले नै बिजयी भएको छ । एमालेका कालीबहादुर शाही १४५१ मत सहित अध्यक्षमा विजयी हुनु भएको छ भने उपाध्यक्षमा पनि एमालेकै ऐन गिरी १४९१ मत सहित विजयी हुनु भएको छ । महिलेसम्मको नतिजाको आधारमा नेकपा माओवादी केन्द्र समेत एक स्थानमा विजयी भएको छ । सोलुखुम्बुको लिखुपीके गाउ“पालिकामा माओवादीका डम्बरबहादुर वस्नेत ११३६ मत सहित अध्यक्षमा विजयी हुनु भएको छ भने उपाध्यक्षमा माओवादीकै सर्मिला वस्नेत १०४२ मत सहित विजयी हुनु भएको छ । मतगणना भएरहेको अधिकांस स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्